प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वा्चित भएका छन् ।
सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । उनको प्रस्तावकमा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र समर्थकमा एमालेका रामेश्वर फुयाल थिए ।
प्रदेशसभाको बैठकले सांसद श्रेष्ठ सभामुखमा निर्विरोध निर्वा्चित भएको घोषणा गरेको छ ।
एमालेकै माधवकुमार नेपाल समूहले सभामुखमा राजेन्द्रमान श्रेष्ठलाई अघि उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, नेपाल समूहले उम्मेदवारी दर्ता गराएन ।
एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को कबाट प्रदेशसभा सदस्य निर्वा्चित भएका हुन् । उनी मुख्यमन्त्रीको दावेदार थिए । तर, संस्थापन समूहले डोमरणि पौडेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै सानुलाई सभामुख बनाएको हो ।
उपसभामुखको चुनाव भोलिलाई तोकिएको छ । वाम गठबन्धनका तर्फबाट माओवादीकी राधिका तामाङ उम्मेदवार हुने तय भएको छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...