दुई महाधिवेशन रोक्दै कांग्रेसमा समझदारी खोज्न शेखर कोइरालाको आग्रह – Naya Bikalpa
September 19, 2026, Saturday      Epaper

दुई महाधिवेशन रोक्दै कांग्रेसमा समझदारी खोज्न शेखर कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले अघि बढाउन लागेका दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्न आग्रह गरेका छन् ।

बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कोइरालाले कांग्रेसको आन्तरिक विभाजनका कारण आसन्न दुई महाधिवेशनले नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्न सक्ने बताएका छन् ।

उनले पार्टीभित्रको विवाद अन्त्य गर्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् । ‘एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले भनेका छन् ।

कोइरालाले आफूले विगतमा पनि पार्टी एकताका लागि यस्तै प्रयास गरेको र अहिले पनि सोही दिशामा सक्रिय रहने बताएका छन् । उनका अनुसार मध्यमार्ग कठिन भए पनि आफूले त्यसलाई सत्य र कांग्रेसको मूल जीवनदर्शनसँग जोडेर हेरेका छन् ।

‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो,’ उनले भनेका छन् ।

पार्टीभित्र आफू आरोपित भइरहेको उल्लेख गर्दै कोइरालाले कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने आफू एक राजनीतिक कार्यकर्ता रहेको बताएका छन् ।

उनले कांग्रेसभित्रको विभाजनलाई अन्त्य गर्दै सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
  • २०८३ आश्विन १, १५: २२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार...

भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै
भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै
  • २०८३ आश्विन १, १५: २२

काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै...

आज संविधान दिवस, देशभर विविध कार्यक्रम हुँदै
आज संविधान दिवस, देशभर विविध कार्यक्रम हुँदै
  • २०८३ आश्विन १, १५: २२

काठमाडौं । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधान दिवसका अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय,...