आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरु हुने परम्परा छ । यसलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गर्ने प्रचलनसमेत रहेको छ ।

इन्द्रजात्राका अवसरमा विभिन्न देवीदेवताका पूजा–आराधना, नाचगान तथा रथयात्रालगायत धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छन् । यो पर्व आठ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने परम्परा रहेको छ ।

पौराणिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि विजय उत्सवका रूपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ । यस पर्वले काठमाडौं उपत्यकाको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई समेत प्रतिबिम्बित गर्दै आएको छ ।

सम्बन्धित समाचार

मौसम अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन
मौसम अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन
  • २०८३ आश्विन ९, ०७: २१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन दिएको...

कांग्रेसको चन्द्रागिरि नगर अधिवेशनबाट समावेशी अनुहार प्रकाश श्रेष्ठ र शान्ता बस्नेतको टिम विजयी
कांग्रेसको चन्द्रागिरि नगर अधिवेशनबाट समावेशी अनुहार प्रकाश श्रेष्ठ र शान्ता बस्नेतको टिम विजयी
  • २०८३ आश्विन ९, ०७: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नगर अधिवेशनबाट चन्द्रागिरि नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। नगर सभापतिका लागि...

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०८३ आश्विन ९, ०७: २१

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...