प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।

हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ । सबै खातामा गरी रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको छ ।

सम्बन्धित समाचार

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०८३ आश्विन ८, ११: ५२

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८३ आश्विन ८, ११: ५२

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर तोलामा...

डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो, सबै यात्रु सकुशल
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो, सबै यात्रु सकुशल
  • २०८३ आश्विन ८, ११: ५२

काठमाडौँ : डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का (टायर) फुत्किएको छ । नेपालगन्जबाट डोल्पाका...