
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नगर अधिवेशनबाट चन्द्रागिरि नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
नगर सभापतिका लागि भएको निर्वाचनमा श्रेष्ठले १८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कृष्णप्रसाद शाही खड्गीले १२२ मत प्राप्त गरे। त्यस्तै इन्जिनियर रमेश सुवेदीले १४, राजेन्द्र महर्जनले ३७ र रामेश्वर श्रेष्ठले ७ मत प्राप्त गरेका छन्।
यसैगरी महिला उपसभापतिमा शान्ता बस्नेत १५२ मतसहित निर्वाचित भएकी छन्। खुला उपसभापतिमा पुरुषोत्तम उदास १९९ मतसहित निर्वाचित भएका छन्।
निर्वाचनको मतपरिणामअनुसार सचिवमा सर्वाधिक २७४ मतसहित दिनेश महर्जन र सहसचिवमा १९१ मतसहित निक्सन महर्जन निर्वाचित भएका छन्।

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन दिएको...
काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका...
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...