मौसम अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

मौसम अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन


काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन दिएको छ।

विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएकोले थप समय दिइएको समितिले जनाएको छ।

आगामी केही दिन पनि वर्षा कायम रहने र सतर्कता अपनाउन मौसम विभागलगायत विभिन्न निकायले सूचना जारी गरेको अवस्थालाई ध्यानमा राख्दै क्षेत्रीय अधिवेशनका कार्यक्रम असोज १३ गतेभित्र सक्न भनिएको हो।

१५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशनहरू जारी छन्। हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ।

सम्बन्धित समाचार

कांग्रेसको चन्द्रागिरि नगर अधिवेशनबाट समावेशी अनुहार प्रकाश श्रेष्ठ र शान्ता बस्नेतको टिम विजयी
कांग्रेसको चन्द्रागिरि नगर अधिवेशनबाट समावेशी अनुहार प्रकाश श्रेष्ठ र शान्ता बस्नेतको टिम विजयी
  • २०८३ आश्विन ९, ०७: ३४

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नगर अधिवेशनबाट चन्द्रागिरि नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। नगर सभापतिका लागि...

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
  • २०८३ आश्विन ९, ०७: ३४

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका...

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०८३ आश्विन ९, ०७: ३४

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...