विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ ।

पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

यसअघि बिहीबार नै बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो ।

केही समय पहिले भने एमालेले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भण्डारीको सदस्यता नवीकरण पनि रोकेको थियो ।

भण्डारीले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन् । त्यसअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०८३ आश्विन ८, १५: ४२

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
  • २०८३ आश्विन ८, १५: ४२

काठमाडौं : नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर...

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
  • २०८३ आश्विन ८, १५: ४२

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...