
काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर अधिवेशनवाट सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
पेशाले आर्किटेक्ट ईन्जिनियर रहेका सुसन यसअघि काठमाडौँ महानगरको सचिव रहेका थिए। वैद्य नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गर्दै थापाथली इन्जिनियरिङ्ग क्याम्पसमा २०५५ सालमा स्ववियु उपसभापतिमा विजयी बनेका थिए। क्याम्पसको राजनीतिक यात्रावाट उनी यतिवेला महानगरको सभापतिमा निर्विरोध निर्वाचित भएका छन ।
त्यसपछि उनले नेविसंघको काठमाण्डौं जिल्लामा विभिन्न समयमा जिल्ला सदस्य, सह–सचिव, उपाध्यक्ष हुँदै काम गरेका थिए।
नेपाल इन्जिनियरीङ्ग एसोसिएसनमा ३१ औं कार्यकारीणी समिति सदस्य र ३३ औं कार्यकारीणी समितिमा कोषाध्यक्ष निर्वाचित भइ काम गरेको अनुभवसमेत उनीसँग छ।
नेपाली कांग्रेसको १२ औं र १३ औं महाधिवेशबाट काठमाण्डौं जिल्ला सदस्य निर्वाचित भएका उनी १४ औं महाधिवेशनबाट काठमाण्डौं महानगर सचिव पदमा अत्याधिक मतले निर्वाचित भएका थिए।
उनी २०७९ सालमा काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारका रुपमा पार्टीमा सिफारिसमासमेत परेका थिए भने २०८२ सालमा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं ६ को प्रत्यक्षतर्फ प्रतिनिधिसभा उम्मेदवारका लागि समेत उनक्क नाम सिफारिस भएको थियो।

पार्टी राजनीतिलाई नै सेवाको रुपमा लिने ई. वैद्य पछिल्लो १६ वर्ष देखि आफनै व्यवसाय खोली उद्यम गरी इन्जिनियङ्गि पेशामा सक्रिय रहँदै आइरहेका छन्।
उनले नेपाल ईन्जिनियर्स एसोसिएसनबाट युथ प्रोफेसनल अवार्ड समेत प्राप्त गरेका छन्। यस्तै इन्जिनियरहरुलाई प्रत्यक्ष रोजगारी श्रृजना गर्नमा उनको भुमिका महत्त्वपूर्ण रहँदै आएको छ।
ई. वैद्यले राष्ट्रिय योजना आयोगमा विज्ञ सल्लाहकारको रुपमा योजना आयोगमा सेवा प्रदान गरेका छन् भने २०७२ सालको भकुम्प पश्चात राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा विज्ञ सल्लाहकारको भुमिकामा रहँदै नीति निमार्णमा सहयोग तथा भुकम्प पश्चातको पुनर्निर्माणमा प्राविधिक दक्षतालाई प्रस्तुत गरेका थिए। यसैगरी उनले रक्षा मन्त्रालयमा रक्षा मन्त्रीको सल्हाककारको रुपमा सेवा प्रदान गरिसकेका छन्।
कांग्रेस काठमाडौँको महानगर निर्वाचित बनेका ई. वैद्यले तत्कालीन महानगरका प्रमुख विद्यासुन्दर शाक्यले रानी पोखरीको पुननिर्माणको क्रममा पुरातात्त्विक सम्पदाको मापदण्ड भन्दा बिपरित निर्माण गर्न लागेको भन्दै चर्को विरोध गरेका थिए। त्यसबखत उनी विरोधको नेतृत्व गरेकै कारण चर्चामासमेत आएका थिए।
यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा खुला मन्चलाई ब्यवसायीक रुपमा संचालन गर्ने गरि ब्यवसायीक पसल सटर निर्माण गर्न अनुमति दिइएको समयमा उनले `खुला मन्च खुला गर´ अभियानको नेतृत्व गरेका थिए। त्यसबखत चौतर्फी विरोधपछि खुला मन्चमा सटर बनाउने निर्णय बाट सरकार पछि हटेको थियो।
यसैगरी ई. वैद्यले `अकुपाइ टुँडिखेल´ अभियानमासमेत सहभागिता जनाएका थिए। टुँडिखेलको अतिक्रमण रोक्न सो अभियान संचालन गरिएको थियो। त्यसबखत मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरिएको थियो।
ई. वैद्यले कमलपोखरीलाई वर्तमान स्वरुपमा पुनर्निर्माण गर्ने सवालमा पनि आफ्नो आवाजलाई चर्को रुपमा उठाएका थिए। उनले कमलपोखरीमा कंक्रीटको प्रयोगमा चर्को विरोध गर्दै पटकपटक प्रदर्शनमा सहभागी भएका थिए। यसैगरी काठमाडौँमा भएको गुठी आन्दोलनमा पनि उनले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए।
काठमाडौलाई बस्न योग्य शहर बनाउने र काठमाडौँको ऐतिहासिकता, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ई. वैद्यले आफुलाई नेतृत्व तहमा नै उभ्याउँदै आएका छन्। उनी कांग्रेस भित्र काठमाडौँको आर्किटेक गर्ने डीजाइनरका रुपमासमेत चिनिन्छन।
काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी...
काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट सिर्जित मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व...