
काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी तथा बिसर्जनमा अवरोध आएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
ल्याण्डफिल्ड साइटको प्रतिकूल अवस्थाका कारण केही समय फोहोर बिसर्जनको काम प्रभावित हुने भएकाले महानगरपालिकाले सर्वसाधारणलाई घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर तत्काल बाहिर ननिकाल्न आग्रह गरेको छ ।
महानगरपालिकाले फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएका बेला सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा खुला स्थानमा जथाभावी फोहोर नफाल्न पनि अनुरोध गरेको छ ।
महानगरका अनुसार वर्षा कम भई सिसडोलस्थित ल्याण्डफिल्ड साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानीको काम नियमित गरिनेछ ।
महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा असहज अवस्था सिर्जना भएकाले केही समय धैर्य गरिदिन र सार्वजनिक स्थानमा फोहोर नथुपार्न नगरवासीलाई आग्रह गरेको छ ।
काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा...
काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...
काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...