कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म हुने – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म हुने

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ । दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाई हुँदा साँझ ५ बजेसम्मको समय थपिएको हो ।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ ।

बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ ओटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
कांग्रेस महाधिवेशन अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
  • २०८३ आश्विन २३, १४: ३७

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो सार्वजनिक विवरणअनुसार अत्यधिक चासोका साथ...

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
  • २०८३ आश्विन २३, १४: ३७

काठमाडौँ — नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज (सोमबार) नवदुर्गा भवानीको दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना...

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८३ आश्विन २३, १४: ३७

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...