डाक्टर केसीको जीवन रक्षाकालागि माईतीघरमा विशाल प्रर्दशनको तयारी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

डाक्टर केसीको जीवन रक्षाकालागि माईतीघरमा विशाल प्रर्दशनको तयारी


नयाँ विकल्प


काठमाडौं– चिकित्सा शिक्षा सुधारकोलागि आमरण अनशनरत डाक्टर गोबिन्द केसीको जीवन रक्षाकालागि मंगलबार साँझ ५ माईतीघर मण्डलामा विशाल प्रदर्शनका तयारी गरिएकाे छ ।
केसीकाे समर्थनमा एलाइन्स फर डक्टर गाेबिन्द केसी साेलीडारीटी , पेशागत संगठन लगायत अधिकारकर्मी, चिकित्सक कर्मीहरूले शान्तिपूर्ण प्रदर्शनीकाे तयारी गरेका हुन् ।
साझा पार्टीका केन्द्रिय सदस्य प्रकाशचन्द्र परियारले सत्याग्रही डाक्टर केसीको अवस्था अत्यन्तै कमजोर बनेको र उनको जीवन रक्षाकालागि शान्तिपूर्ण प्रदर्शनमा साझा पार्टीकाे एक्यवद्धता रहेकाे बताए ।
“डाक्टर केसी जनताको जीवन रक्षाकालागि आमरण अनशनमा हुनुहुन्छ । यस्तो संवेदनशिल विषय उठान गर्दा राज्यले ती मागको अपनत्व महशुस गर्नु पथ्र्यो तर दुर्भाग्य राज्यले केसीका माग सम्बोधन गर्न अहिलेसम्म वार्ता टाेली समेत गठन गर्न सकेको छैन्, यो भन्दा गैरजिम्मेवारी के हुन सक्छ” ? परियारले भने ।

डाक्टर केसीले विशुद्ध जनताका माग उठाएकाले यसलाई नजर अन्दाज नगर्न परियारले सरकारलाई चेतावनी समेत दिए । हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आमरण अनशन बसेका केसीकाे मंगलबार १६ दिन पुगेको छ ।

केसीको स्वास्थ्य दैनिक कमजोर हुँदै गएका कारण पछिल्लो समय बोल्न समेत नसक्ने अवस्थामा पुगेका छन् । सत्याग्रही केसीले आफुले उठाएका माग पुरा नहुन्जेल अस्पतालबाट कुनै पनि स्वास्थ्य उपचार नलिने अडान राखेका छन् ।

शिक्षण अस्पतालमा कार्यरत डाक्टर सुवास आचार्य लगायतको टिमले केसी शरिरमा पानीको मात्रा निकै कम भएको र जुनसुकै बेला गम्भिर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै केसीलाई स्लाईन निरन्तर दिइरहेको छ ।

आमरण अनशनरत केसीले कोरोना संक्रमण नियन्त्रणकालागि प्रभावकारी परिक्षण, उपचार लगायत चिकित्सा शिक्षा सुधारकालागि आफुसंग भएको सम्झौता पूर्ण कायान्वयनको माग गर्दै गत भदौ २९ गतेदेखि जुम्लाकाे चन्दननाथ नगरपालिका–६ बाबिरा मन्दिरको धर्मशालाबाट १९ औं सत्याग्र सुरु गरेका थिए ।

केसीको माग पुरा गर्न सरकाले बवास्ता गरेको भन्दै सरकार प्रति जुम्लामा जनआक्रोश बढ्दै गएपछि संभावित दुर्घटना नहोस भनेर उनी काठमाडौं फर्किएकाे वताएका थिए ।

काठमाडौं ओर्ले लगतै केसीलाई प्रहरीले जबरजस्ती वीरअस्पताल नजिकको ट्रमा सेन्टरमा लगेको थियो । सत्याग्रही माथी प्रहरीले कठालो समातेर घिसारेको विषयमा जनआक्रोश बढेपछि सरकार उनलाई शिक्षण अस्पताल पुर्याउन बाध्य भएको थियो ।

केसीको जीवनरक्षाकालागि चौतर्फि जनदवाब बढदै गएको छ । माइतीघर मण्डलामा हुने आजको प्रदर्शनमा प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १५: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १३, १५: २९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १५: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...