दाङमा बिद्यालय सञ्चालन भएपछि अनुगमन सुरू – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

दाङमा बिद्यालय सञ्चालन भएपछि अनुगमन सुरू

नयाँ विकल्प

हापुरे- दाङका बिद्यालय सञ्चालनमा आएपछि बबई गाउँपालिकाले अनुगमन सुरु गरेको छ । असोज ११ गतेदेखि बिद्यालय सञ्चालनमा आएपछि अनुगमन सुरु गरिएको हो ।

सामाजिक दुरी कायम गर्ने, साबुन पानीको ब्यबस्थापन र मास्कको प्रयोग गर्दै बबई गाउँपालिकाले बिद्यालय सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि बन्द रहेका बिद्यालय सञ्चालनमा आएका हुन् ।

बिद्यार्थीको पढाई समस्या रहेको भन्दै गाउँपालिकाले बिद्यालय सञ्चालनमा ल्याएको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । यसअघि सिकाई केन्द्र मार्फत् पढाई सञ्चालन गरेको बबई गाउँपालिकाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ४ बमोजिम बबई गाउँपालिकाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । स्थानीय सरोकारवालासंग छलफल गरेर सबै सामुदायिक बिद्यालयले कार्य योजना शिक्षा शाखामा पेश गरेका थिए ।

बिद्यालय अनुगमन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल, शिक्षा शाखाका उपप्रमुख जितबहादुर केसीको सहभागीता रहेको थियो । जनकल्याण माबि पदमपुर र भानुभक्त माबि कौशिलापुरको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बिद्यार्थीले मास्क प्रयोग नगरेको अबस्था, साबुन पानीको ब्यबस्थापन र सामाजिक दुरी कायम भए नभएको बिषयमा जानकारी लिइएको थियो । साथै अनुगमन कार्य निरन्तर रहने जानकारी गराइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १७: १९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १३, १७: १९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १७: १९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...