अव्यवहारिक मापडण्ड खारेजीको माग गर्दै पाेखराका युवा डाक्टार धर्नामा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

अव्यवहारिक मापडण्ड खारेजीको माग गर्दै पाेखराका युवा डाक्टार धर्नामा


पोखरा- एमडीको परिक्षामा देखिएको अब्यवाहारीक प्रबधान परिमार्जनको माग गर्दै युवा डाक्टार एसोसियसन पोखराले जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिएको छ ।

एसोसियसनले सोमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा अब्यवाहारीक प्रबधान परिमार्जन हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाउदै धर्ना दिएको हो ।

हालै सार्वजनिक भएको चिकित्सा शिक्षा नियमावली र एकिकृत परिक्षाको सुचनाको केही बुदाँहरु गैरसरकारी चिकित्सकको हकमा अन्यायपुर्ण रहेकोले त्यी बुदाँहरु परिमार्जन हुनुपर्ने एसोसियसनको माग छ ।

विशेषगरी सिट बाँडाफाडको बिषय, खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र चिकित्सा शिक्षामा रहेका बिभेदकारी र अन्यायपुर्ण ब्यवस्था परिमार्जन हुनुपर्ने आफुहरुको माग रहेको युवा डाक्टार एसोसियसन पोखराका संयोजक डाक्टर सन्जिब बस्नेतले जानकारी दिए ।

चिकित्सा शिक्षा नियमावली सार्वजनिक हुँदा त्यसको मुलमर्म प्रतिस्पर्धा र योग्यता माथी नै प्रहार हुने गरी चलाखी पुर्वक भाषागत जालझेल गरी खुल्ला प्रतिस्पर्धालाई पुर्णतया निषेध गर्न खोजिएको उनिहरुको आरोप छ ।


९० प्रतिशत भन्दा बढी हिस्सा ओगटेका गैरसरकारी र देशका बिभिन्न भुगोलमा अधिकतम सेवा दिईरहेका करार चिकित्सकको बृद्धी बिकासमा आच आउने र योगदानको कदर नहुने गरी गरिएका बिभेदकारी प्रवधानको ५ बुँदा पुनर्मुल्याङ्कन गर्न उनिहरुले माग गरेका छन् ।

उनिहरुले परिमार्जन गर्न माग गरेका बुँदाहरुमा परिच्छेद (४) को दफा (१७) को उपदफा (१) बमोजिम कायम गरिएको प्रतिशतलाई संशोधन गरि खुल्ला प्रतियोगिताबाट ७० प्रतिशत, सरकारी सेवामा कार्यरत ब्यक्तिबाट २० प्रतिशत र बिदेशी बिध्यार्थीबाट १० प्रतिशत कायम गर्नुपर्ने , परिच्छेद (४) को दफा (१७) को उपदफा (१) खण्ड (य) बमोजिम परिभाषित सरकारी चिकित्सकहरुको परिभाषा परिमार्जन गरी नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकार द्वारा अस्थायी वा करार नियुक्ती पाउने ब्यक्ति हटाई अरु मात्र कायम हुनु पर्ने रहेका छन् ।


यस्तै, परिच्छेद (४) को दफा (१६) को उपदफा (१) बमोजिम कायम गरिएको दुर्गम क्षेत्रमा काम गरे बापत कायम गरिएको अंकभार ब्यवस्थालाई खुल्ला प्रतिस्पर्धामा समाबेश नगर्ने खुल्लालाई खुल्ला नै कायम गर्ने, चिकित्सा शिक्षा आयोग द्वारा मिती २०७७ भदौ ३१ गते प्रकाशित सुचनाको बुँदा नम्वर (५) (क) मा उल्येख गरिएका कुल सिटको परिभाषालाई स्पष्ट पार्ने, बुँदा नम्वर (५) मा उल्येख गरिएको म्याचिङ्ग सिस्टमको स्पस्ट बैज्ञानिक व्यवस्था हुनुपर्ने लगायत रहेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १७: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १३, १७: २६

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ आश्विन १३, १७: २६

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...