
एजेन्सी
काेराेना विरूद्दकाे खोप बनाउने दौडमा यतिबेला विश्वभरका वैज्ञानिक जुटेका छन् । यसरी तयार हुने खोप व्यापक मात्रामा उपलब्ध हुनुपर्ने अवस्था छ। तर यसबारे अहिलेको तयारी, क्षमता र प्रभावकारीता जस्ता कुरामा प्रश्न उठ्न पनि सुरू भइसकेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरमा खोप बनाउन तीन सय प्रयास भइरहेका छन्। यीमध्ये नौ वटाले यतिन्जेल आफूलाई मानवीय परीक्षणको तेश्रो चरणमा पुर्याइसकेका छन्। यी नौमध्ये चार वटा भने चीनमै भइरहेका प्रयास हुन्।
चीनकाे ‘सिनोभाक बायोटेक’ र सैनिक संलग्नताको निजी कम्पनी ‘कानसिनो बायोलोजिक्स’ ले एकएक वटा प्रयासमा हात हालेका छन्। राज्यकै स्वामित्वमा रहेको ‘चाइना नेशनल बायोटेक ग्रुप’ ले दुइटा फरक फरक प्रयास गरिरहेको छ।
चीनले तयार पार्दै गरेकाे खाेप सर्वसाधारणका निम्ति पहिलो लट नोभेम्बर वा बढीमा डिसेम्बर महिनामै बाहिर आइसक्नेमा आफूहरू आशावादी रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
चीनले अहिलेसम्म आपतकालीन प्रयोजनका लागि दुइटा ‘निष्क्रिय’ खोप (भाइरस मारेर वा निष्क्रिय पारेर तयार पारिने। पछि आम प्रचलनका लागि बाहिर ल्याइने चाहिँ सक्रिय भ्याक्सिन हुन्छन्) लाई मान्यता दिइसकेको छ।
गत जुलाइमै बाहिर आएका यी दुईमध्ये एउटा राज्यको स्वामित्वकै कम्पनीबाट बनेको हो भने अर्को सिनोभाक कम्पनीले तयार पारिरहेको छ। यी दुवै कम्पनीले तेश्रो चरणमा गरिरहेको ‘मास ट्रायल’ बाट के कस्तो नतिजा निस्किन्छ भन्ने कुराले नै आम बजारमा उनीहरूको पहुँच निर्धारण गर्नेछ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना खोप उत्पादनका मामिलामा मुलुककै क्षमता यो वर्षको अन्त्यसम्म करिब ६१ करोड डोज हुनेछ। त्यो मात्रा अर्को वर्ष भने एक अर्ब डोज पुग्नेछ। चीनको जनसंख्या करिब एक अर्ब ४० करोड अनुमान छ।
खोप उत्पादनमा संलग्नमाथि सम्बन्धित मुलुकको राजनीतिक दबाब जारी रहे पनि यसमा पारदर्शिताका लागि स्वास्थ्यसम्बन्धी विज्ञहरूले जोड दिइरहेका छन्। प्रतिफलमा चिनियाँ कम्पनीले खोप के-कस्तो प्रक्रिया र विधिबाट तयार पारिरहेका छन् भन्ने जानकारी थोरै मात्रामा बाहिर आउन सकेको छ।
चीनले गत जुलाइदेखि नै मजदुरको समूह, केही स्वास्थ्यकर्मी र सीमा-नाकामा खटिएका कर्मचारीलाई आन्तरिक रुपमा तयार पार्दै गरेको खोप परीक्षणका गर्न प्रयोग गर्दै आइरहेको छ। परीक्षण गरिएकामध्ये अहिलेसम्म एक जनालाई पनि कुनै पनि प्रकारको ज्वरो आउने वा गम्भीर स्वास्थ्य समस्या देखिएको छैन।राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार प्रारम्भिक नतिजाले देखाएअनुरुप खोपले प्रभावकारी काम गरेको छ।
चीनमा राज्य स्वामित्वको निर्माण कम्पनी सिएनबिजीका अनुसार यदि औषधि नियामक निकायले अनुमति दिएछ भने आफूहरूको उत्पादन बढीमा छ सय युआन (करिब १० हजार रुपैयाँ) मूल्यमा उपलब्ध हुन थाल्नेछ। यो मूल्य गत अगस्टमा एक हजार युआन (करिब १७ हजार रुपैयाँ) तोकिएको थियो। यो खुद्रा दर हो वा थोक मूल्य हो भन्नेबारे झाङले स्पष्ट पारेनन्।
तर, आम रूपमा खोप प्रयोग गर्न यो अझै पनि निकै महँगो हो। अर्कोतिर अमेरिकी तथा बेलायती सरकारबाट व्यापक सहयोगका सा खोपको काम थालेका विश्वकै प्रख्यात औषधि उत्पादक अस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनले आफ्ना उपभोक्तालाई त्योभन्दा धेरै सस्तोमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ। अहिलेसम्मको हिसाबले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका मिलेर उत्पादन गर्ने औषधि नै सबभन्दा सस्तो देखिने भएको छ।
यसले करिब ४ अमेरिकी डलर (करिब चार सय सत्तरी रुपैयाँ) प्रति डोज पर्नेगरी अमेरिकी सरकारलाई बुझाउने छ। अस्ट्राजेनेकासँग खोप किन्न अरू थुप्रै मुलुकले सम्झौता गरेका छन्। उदाहरण निम्ति बेलायत। बेलायतले दस करोड डोज खोप उसँग किन्दैछ जसको मूल्य अहिलेसम्म सार्वजनिक गरिएको छैन।
खोप उत्पादनको दौडमा लागेका मोडेर्ना, फाइजर र मर्क जस्ता कम्पनीले भने आफूले नाफा कमाउने हिसाबले नै उत्पादन गर्ने स्पष्ट पारिसकेका छन्। आम मानिसका निम्ति अनुकूल हुनेगरी लागत र मूल्य समायोजन जस्ता कुरा विचार गर्दै दर कायम गर्नेतर्फ चीन सरकार उद्दत छ। चीनभित्रै पनि सहरी तथा ग्रामीण भेगका वासिन्दाबीचको आयमा ठूलो अन्तर छ।
चीनमा गत वर्ष सहरी क्षेत्रका वासिन्दाको औसत आय ४२ हजार युआन थियो भने ग्रामीणका १६ हजार युआन। खोप लगाइएका आफ्ना नागरिकलाई राज्यले सित्तैमा यो उपलब्ध गराउँछ वा थोरै रकम असुल्छ भन्ने पनि छिनोफानो भइसकेको छैन।
चीनको रोग नियन्त्रण तथा निरोध केन्द्र (सिडिसी) का निर्देशक गाओ फुका अनुसार सबै नागरिकलाई खोप लगाउनु जरुरी छैन। अहिलेसम्म सरकारले खोप लगाउने कुनै योजना बाहिर नल्याइसकेको पनि उनले बताए। राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भने खोप सबभन्दा पहिले उच्च जोखिममा रहेको समूहबाट लगाउन सुरू गरिनेछ। सीमा-नाकामा बसेर काम गर्ने, स्वास्थ्यकर्मीका साथै बुढापाका, गर्भवती र केटाकेटी त्यस्ता प्राथमिकतामा पर्नेछन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...