अमेरीकाले तयार पारेकाे काेराेना विरूद्दकाे सुइले वृद्दलाई समेत काम गर्न थालेकाे दावी – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

अमेरीकाले तयार पारेकाे काेराेना विरूद्दकाे सुइले वृद्दलाई समेत काम गर्न थालेकाे दावी

एजेन्सी-कोरोना विरूद्ध अमेरिकी बायोटेक कम्पनी मोडर्नाले बनाएको खोपले असरदार देखिएको छ। खोप बढी उमेरका मानिसहरूका लागि कति सुरक्षित भनेर गरिएको सुरूवाती अध्ययनले सो खोपले उनीहरूको शरिरमा भाइरसलाई तटस्थ गराउँदै लाने देखाएको छ।

यसको स्तर युवा उमेरका मानिसहरूमा जत्तिकै प्रभावकारी देखिएको रोयटर्सले जनाएको छ।समाचारका अनुसार खोपको दुष्प्रभाव अन्य फ्लुविरूद्ध दिइने उच्चमात्राको खोप जत्तिकै छ।न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनका अनुसार सो खोप बढी उमेरका मानिसहरूका लागि प्रभावकारी र सुरक्षित रहेको देखाएको छ।

प्रौढ उमेरका मानिसहरू कोरोनाका उच्च जोखिममा रहने गरेका छन्।’खोजहरू आस्वस्थ हुने खालका छन् किनकी उमेरसँगै मानिसहरूको रोगप्रतिरोधी क्षमता कम हुँदै जान्छ’, डा. इभान एन्डरसनले भने। उनी एट्लान्टास्थित इमोरी युनिभर्सिटीका प्रमुख शोधकर्तामध्येका एक हुन्। यो मोडर्नाले बनाएको खोपको पहिलो चरणको परीक्षणको विस्तृत अध्ययन हो।

सुरूमा यसको परीक्षण १८-५५ वर्षका मानिसहरूमा गरिएको थियो। परीक्षणका क्रममा ५६ वर्षदेखि ७१ वर्ष भन्दा माथि उमेरका ४० जनालाई क्रमशः २५ तथा १०० माइक्रोग्रामका दुई मात्रा खोप दिइएको थियो। समग्रमा २८ दिनको अन्तरमा प्रौढ उमेरका मानिसहरूलाई दिइएको १०० माइक्रोग्रामको खोपले उनीहरूमा प्रतिरोधी क्षमता झण्डै युवा उमेरका मानिसहरूमा भएजस्तै पाइएको थियो।

कम्पनीले हाल उच्च मात्राको खोपको तेश्रो चरणको परीक्षण व्यापक मात्रामा गरिरहेको छ। खोपका कारण मानिसहरूमा हल्का देखि मध्यम किसिमको टाउको दुखाइ, थकान महशुस हुने, शरिर दुख्ने, चिसो हुने र खोप दिइएको स्थानमा दुख्ने लगायतका समस्या देखिने गरेको अध्ययनले देखाएको छ।

यस अध्ययनका दुई जना सहभागीमा भने गम्भीर प्रतिक्रिया देखिएको थियो।जसमध्ये एक जनामा सानो मात्राको खोप लिएपछि १०२.२ डिग्री फरेनहाइट ज्वरो देखिएको थियो भने अर्का व्यक्तिमा थकान देखिएको थियो जसका कारण अस्थायीरूपमा उनी आफ्नो नियमित काम गर्न असमर्थ बनेका थिए। सामान्यतया यस्ता दुष्प्राभावहरू खोप लिए लगत्तै देखिने र हराउने गर्छन्।

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०७७ आश्विन १४, ०९: २९

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०७७ आश्विन १४, ०९: २९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०७७ आश्विन १४, ०९: २९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...