
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको चेतावनीयुक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । सोमबार साँझ ठिक ६ बजे फेसबुकमा स्टाटस लेख्दै थापाले आफू कसैको धम्कीबाट नडराउने सन्देश दिएका हुन् ।
थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले ठिक १८ः०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’
यसअघि प्रधानमन्त्री शाहले आइतबार फेसबुकमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त स्टाटसपछि कांग्रेस सभापति थापाको प्रतिक्रिया सार्वजनिक भएको हो । यद्यपि थापाले आफ्नो स्टाटसमा प्रधानमन्त्रीको नाम उल्लेख गरेका छैनन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज निर्वाचन आयोगले अद्यावधिक गरिदिएको छ...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई...
काठमाडौं : जापानका लागि नेपालको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा...