
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज निर्वाचन आयोगले अद्यावधिक गरिदिएको छ । कांग्रेस महामन्त्री प्रदीप पैाडेलको नेतृत्वमा कार्यसमितिका पदाधिकारी लगायत कानुन व्यावसायीसमेतको टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीलाई महाधिवेशनमा पास गरिएका संशोधित विधान, राजनैतिक प्रस्ताव तथा नवनिर्वाचित कार्यसमितिको दस्तावेजहरु बुझाइएको छ ।
तत्कालीन विधानको धारा १७/२ अनुसार विशेष महाअधिवेशनलाई सँवैधानिक निकाय निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतबाट समेत आधिकारिकता र वैधानिकता प्रदान गरिसकेको अवस्थामा नियमित १५औं महाअधिवेशनको प्रक्रिया समेत टुंगो लागिसक्दा पनि तिसौं वर्षदेखि पार्टी र सत्ताको सिन्डिकेटधारी चुनदेवी कांग्रेसका एक दर्जनजति नेताहरु न त समाउने हाँगो न त टेक्ने खुड्किलो बिना नियमित महाधिवेशन भन्दै पञ्चायतकालका मण्डलेहरु भनेर चिनिएकाले पनि त्यति गिरेर नगर्ने गालिगलैाज र विभिन्न झुटा अफवाह फैलाउँदै गगन/विश्वको आधिकारिक नेतृत्वलाई तथानाम भन्दै आएका छन् । गगन/विश्वको नेतृत्वलाई सामाजिक सन्जालदेखि विभिन्न माध्यमावाट विभिन्न झुटा आरोप लगाउँदै विभिन्न मानिसहरुलाई प्रलोभन र आश्वासन बाँड्दै अवैधानिक महाधिवेशनका नाममा अवैधानिक पदहरु बाँडिरहेका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन कार्कीको उपस्थितिमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचन आयोगका सचिव कृष्ण प्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् । सो सँगै नेपाली कांग्रेसको विधान संशोधन सम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज ,समसामयिक राजनीतिक दस्तावेज, महाधिवेशनको निर्णय बुझाइएको छ ।
उक्त दस्तावेजहरु प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्किले आयोगका सचिवलाई बुझ्न लगाएको सहमहामन्त्री मनोजमणि आचार्यले जानकारी गराए ।

निर्वाचन आयोगमा केन्द्रीय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई आयोगमा अद्यावधिक गर्न आएको बताए ।
उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रिय कार्यसमितिमा परिवर्तन भएपछि निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे । सोही व्यवस्था अनुसार गगन थापाको सभापतित्वमा निर्वाचित कार्यसमितिको विवरण बुझाइएको उनको भनाइ छ ।
महामन्त्री पौडेलले कांग्रेसको १५ औँ महाधिवेशन विधिवत् रूपमा सम्पन्न भएको दाबी गर्दै महाधिवेशनमा व्यापक सहभागिता र उत्साह देखिएको बताए ।
आठ महिनाको अवधिमा दुईवटा महाधिवेशन सम्पन्न गरेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनपछि नियमित महाधिवेशन गरिएको र सबैलाई प्रतिस्पर्धामा सहभागी हुने वातावरण निर्माण गरिएको बताए।


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको चेतावनीयुक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । सोमबार साँझ...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई...
काठमाडौं : जापानका लागि नेपालको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा...