काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । ऐन कार्यान्वयनको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासु परीक्षण गरी छाप लगाउने कार्य सुरु गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाका सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुका राँगाको मासु पसलमा मासु परीक्षण सुरु गरिएको हो ।

पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको ‘एन्टिमोर्टम’ (वधपूर्व) र ‘पोस्टमार्टम’ (वधपश्चात्) परीक्षण गरी स्वस्थ मासुमा मात्र छाप लगाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

स्वच्छ तथा स्वस्थ मासु उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत विभागले विभिन्न स्थानमा मासु निरीक्षक (पशु चिकित्सक) समेत खटाएको छ । जसअनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर तथा टेकुमा डा. उदय लाल खत्रीलाई जिम्मेवारी दिइएको छ ।

परीक्षणका क्रममा मरेका पन्छी तथा अस्वस्थ मासु भेटिए तत्काल हटाउने र स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको विभागले स्पष्ट पारेको छ । मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा खाद्ययोग्य (फुड ग्रेड) भएकाले यसले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने विभागको भनाइ छ ।

ऐनको कार्यान्वयनसँगै उपत्यकामा बिक्री वितरण हुने मासुको स्वच्छता, गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८३ मंसिर २, ०९: २९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८३ मंसिर २, ०९: २९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८३ मंसिर २, ०९: २९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...