युवराज खतिवडाको अमेरिकी राजदूत नियुक्तिः ‘लात्तले हानेको कुकुर खाटमाथि’ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
गणतन्त्र नेपालमा ओलीका युवराज

युवराज खतिवडाको अमेरिकी राजदूत नियुक्तिः ‘लात्तले हानेको कुकुर खाटमाथि’

बालकुमार नेपाल,

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली अहिले बलिया शासक मानिन्छन् । नेकपाको चुनवा चिन्ह सूर्य लिएर चुनाव जितेका भएपनि उनी उनको पार्टीलाई जिताउनेलाई होइन, उनलाई जिताउनेप्रति उत्तरदायी हुने गर्छन।

उनको कार्यकालमा देखिएका यी ज्वलन्त उदहारण हुन् ।प्रधानमन्त्री ओलीको झापाको चुनाव क्षेत्र ५ पहिलो प्राथमिकता पर्छ भने त्यसपछि झापा। त्यसैले उनको कार्यकालमा लाभ पाउन भाग्यमा लेखिएका सबै प्रकारका झापाली छन् । ती मध्येका एक जना कर्मचारी नेता हुन डा युवराज खतिवडा।

उनी कुनै बेला नेपाल राष्ट्रबैकका गर्भनर थिए। उनी गभर्नर हुँदा फिता नभएका जुत्ता लगाएर तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलको धुम्बाराही पुग्थे। एकछिन उनीसगको चाकडीपछि कुुदेर तत्कालीन एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीको निवास बाल्कोट पुग्थे।

बाल्कोटबाट फर्कदा उनी माधव नेपाल निवास कोटेश्वरमा चियाउनपनि भ्याउथे। नेपालको पृष्ठभूमी समेत बैकिंग क्षेत्रको भएकोले खतिवडाको उनीसंग निकै कुरा मिल्थ्यो। तर उनी तत्कालीन अध्यक्ष झलनाथ खनालको निवास डल्लुतर्फ भने धाउन परेन।


नेपालको संविधान २०७२ जारी भएपछिको पहिलो निर्वाचनमा उनी राष्ट्रियसभमा मनोनित गर्ने तीन कोटा भित्र पर्न सफल भए। त्यो पनि ईश्वर पोखरेलको जोड बलमा । पोखरेलले नै खतिवडालाई राजनीतिमा अगाडि बढाए। तर खतिवडा ब्युरोक्रेसी राजनीतिमा कम खप्पिस छैनन् ।

उनले त्यसलाई राजनीतिमा प्रयोग गरे। यसैको परिणाम थियो उनको भागमा अर्थमन्त्रालय पोखिनु।
तत्कालीन एमालेका महासचिव रहेका र नवौ महाधिवेशनमा माधव नेपाल समूह छाडेर ओली तर्फ लागेका ईश्वर पोखरेल त्यसबेला कम्ती शक्तिशाली थिएनन् ।

ओली प्रधानमन्त्री भएपछि उनी उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनेमा ढुक्क थिए। तत्कालीन प्रधानमन्त्री ओलीले पनि हुन्छ भन्दै उनको ईच्छामा मुन्टो हल्लाएका थिए। पोखरलेले ‘म ईश्वर पोखरेल उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिन्छु’ भन्ने ब्यहोरा कण्ठ गरेर राष्ट्रपति कार्यलय शितल निवास छिरेका थिए।

पोखरेल शितल निवास छिर्दा त्यो ब्यहोरा परिवर्तन भयो। आफैले राजनीतिमा अगाडि बढाएका खतिवडाले पोखरेललाई ओभरटेक गरेका थिए। पोखरेलले कण्ठ गरेको शपथको ब्यहोरा खतिवडाले पढेका थिए।

त्यसपछि पोखरेलले रक्षामन्त्रीको ब्यहोरा पढेर शपथ खानुपरेको थियो। तत्कालीन एमालेले निर्वाचनमा जाँदा समाजिक सुरक्षा भत्ता दोब्बर बनाउने घोषणा पत्रमा उल्लेख गरेको थियो। खतिवडाले ल्याएको पहिलो बजेटमा उनीहरुको भत्तामा एक पैसा पनि बढाएनन् ।

त्यसपछि एमालेलाई भोट दिने बृद्ध, एकल तथा असहाय महिलाले एमालेलाई मात्र होइन, तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई ढुंगा कुटेर सरापेका थिए। गएको फागुनमा एक चाैथाई राष्ट्रियसभा सदस्यको बिदाई गर्ने सबैधानिक ब्यबस्था थियो। त्यसकारण सबैले गोला तान्नु पर्ने थियो।

यीनको हातमा राष्ट्रियसभाबाट बाहिरिने गोला पर्यो। त्यसबेला एक सांसदले टिप्पणी गरेका थिए – यीनलाई बुुढाबुढी, एकल र असहाय महिलाको आँसु लाग्यो। सरकारमा बस्दै गएपछि खतिवडा प्रधानमन्त्री ओलीको सबैभन्दा प्रिय पात्र बनीसकेका थिए।

ओली कुनै हालतमा खतिवडालाई गुमाउन चाहदैनथे। तर संविधान अनुसार कि छ महिनामा उनी राष्ट्रियसभामा मनोनित भईसक्नुपथ्र्यो । नत्र मन्त्रीबाट हात धुनुको विकल्प थिएन।

प्रधानमन्त्री ओली जति बलिया शासक देखिन्थे पार्टी भित्रको अभ्यासमा त्यो भन्दा कम्जोर बन्दै गए। खतिवडालाई राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना पार्टी भित्रको समीकरणले भताभुंग पारेको थियो।

ओलीको यो कदमलाई असफल पार्न उनको राजीनामा माग्दै घेरावन्दीमा पारिएको थियो। नेकपा सचिवालयमा समीकरण फेरिएको थियो। ओलीसंगका असन्तुष्ट नेताहरु एउटा चौतारामा जम्मा भए। नेकपा सचिवालय बैठकमा ओली अल्पमतमा परे।

सचिवालय बैठकले ओलीलाई ठेगान लाउने उद्धेष्यले खतिवडाको साटो बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सर्बसम्मत निर्णय गर्यो। तर उनी खतिवडा बाहेकको नाम सिफारिस गर्न चाहदैनथे।

उनको हात युवराजबाहेक अरुको नाममा जान मानेका थिएन। तर दलीय प्रणालीको अभ्यासबाट ओली बाहिर जान सक्ने अवस्था थिएन। त्यसैले अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने उनको चाहना पुरा भएन। अन्तत गौतम राष्ट्रियसभामा गएपछि खतिवडालाई निरन्तरता दिने ओलीको चाहनामा पूर्णविराम लाग्यो।

तर बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिकी राजदूतमा नियुक्ति गरेको छ। संसदीय सुनाुवाई भएपछि उनी अमेरिकी राजदूत हुने पक्का छ। यो चान चुने अवसर होइन। राजनीतिमा लागेका सबैले यो अवसर प्राप्त गर्न धेरै पापड बेल्नु पर्छ।

एकातिर पेन्सनको पोकोर अर्को तिर नियुक्तिको चाङ पाउने खतिवडालाई अहिले राष्ट्रियसभा सदस्य हुन नपाएकोमा कुनै दुखेसो छैन। खतिवडा माथि टिप्पणी गरिदैछ ‘लात्तले हानेको कुुकुर खाटमाथि’ भन्ने उखान यीनको जीवनमा चारितार्थ भएको छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, १४: १७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १५, १४: १७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, १४: १७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...