हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नयाँ दिल्ली (भारत) : भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी छन् । भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशंकरसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।

त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उनका भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए ।

यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

सम्बन्धित समाचार

आइजिपी नियुक्तिविरुद्ध कार्कीको रिटमा सुनुवाइ रोकियो
आइजिपी नियुक्तिविरुद्ध कार्कीको रिटमा सुनुवाइ रोकियो
  • २०८३ मंसिर ८, १२: ०५

काठमाडौँ : प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले सोमबारका लागि तय गरेको सुनुवाइ स्थगित...

प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’
प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’
  • २०८३ मंसिर ८, १२: ०५

नयाँ दिल्ली (भारत) : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहकाबीच भारतीय सेनाको टुकडीले...

नेपाल–भारत व्यापार मञ्च सम्पन्न, व्यापार र लगानी विस्तारमा जोड
नेपाल–भारत व्यापार मञ्च सम्पन्न, व्यापार र लगानी विस्तारमा जोड
  • २०८३ मंसिर ८, १२: ०५

काठमाडौं । भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार मञ्च सम्पन्न भएको छ। कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा उच्च सरकारी अधिकारीहरूले...