कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कोरोना परिक्षण गर्न नेताको लस्कर – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कोरोना परिक्षण गर्न नेताको लस्कर

नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपीनगर सानेपामा यतिवेला पार्टीका बडे बडे नेताहरुको लस्कर लागेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएकाले बैठकमा सहभागी हुने सबै नेताको कोरोना परिक्षण गर्नको लागि बिहीबार स्वाव संकलन गरिने जनाएपछि नेताको लाइन पार्टी केन्द्रीय कार्यालयमा देखिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा पदाधिकारी र केन्द्रीय सदस्य ९७ जना, आमन्त्रित केन्द्रीय सदस्यहरु २० जना र कार्यालयका कर्मचारी १५ बढीको कोरोना परिक्षण गर्न थालिएको हो ।

नेपाली कांग्रेसका उपसभापित विजयकुमार गच्छदार

पार्टी सभापति देउवाले केही दिनअघि नै स्वाव दिएर परिक्षण गर्दा नेगेटिभ देखिएकाले उनीवाहेकका नेताहरुले बिहीबार स्वाब दिएका हुन् । केन्द्रीय कार्यसमिति सदस्य अजयकुमार चौरसिया कोरोना पोजेटिभ देखिए पनि निको भएर डिष्चार्ज भएका थिए ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी

बिहीबार पार्टीका नेता रामचन्द्र पौडेल, उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पार्टीका प्रभावशाली नेता अर्जुननरसिंह केसी, युवा नेता गगनकुमार थापा, खेलकुद विभागका प्रमुखसमेत रहेका मोहनबहादुर बस्नेतले कोरोना परिक्षणको लागि स्वाब दिएका हुन् ।

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज १९ गते सोमबार बोलाइएको छ । पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा सहभागी हुनुअघि कोराना परिक्षण गर्नु पर्ने निर्देशन पार्टी केन्द्रीय कार्यसमितिले यसअघि नै सूचना जारी गरेर दिएको थियो ।

नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख माेहनबहादुर बस्नेत

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७७ आश्विन १५, १४: ५९

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ आश्विन १५, १४: ५९

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ आश्विन १५, १४: ५९

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...