
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् ।
सुर्खेतस्थित कर्णाली रङ्गशालामा आज दिउँसो १ बजे उद्घाटन खेल सञ्चालन हुनेछ । कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रविन्द्र चन्दका अनुसार उद्घाटन खेल सबै दर्शकका लागि निःशुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने तय भए पनि खेल तालिकाअनुसार केही विधाका प्रतिस्पर्धा उद्घाटन समारोहअघि नै सुरु हुन लागेका हुन् ।
घरेलु मैदान र समर्थकको साथ पाउने अपेक्षासहित मैदानमा उत्रिन लागेको कर्णाली प्रदेशले उद्घाटन खेलमै बलियो विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो खेल भएकाले यसलाई कर्णालीको खेलकुद उत्सवको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ ।
कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार विकास र पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
काठमाडौं : दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मंसिर १६ गते हुने भए पनि केही खेल...
काठमाडौं : कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले मैदानमा खुसीयाली मनाएका छन्।...