
विविसी
काठमाडाैं- आगन्तुकलाई गाली गर्न थालेपछि एउटा चिडियाखानाबाट पाँचवटा सुगालाई त्यहाँबाट हटाइएको छ।
गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगालाई क्वारन्टीनमा राखिएको थियो।तर पछि मुख्य पक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गाली गर्न थालेका थिए।अहिले ती सुगालाई उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ।
सुगा जेस न्यूटनले ती चराहरू ल्याइएपछि उनीहरूसँग काम गर्न निकै रोमाञ्चक रहेको बताइन्। यद्यपि उनलाई ती चराले व्यवहार परिवर्तन गर्लान् कि भन्ने लागेको थियो। उक्त पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्स दु:ख व्यक्त गर्दै योजनाअनुसार नभएको बताउँछन्।
“ती सुगाहरू प्रतिक्रिया व्यक्त गर्ने गाली गर्ने गर्छन् र यदि मानिसहरू तर्सिए वा हाँसे भने अझ त्यस्तै गर्न उनीहरू उत्साहित हुन्छन्।” “पाँचमध्ये एउटाले वाचा गर्थ्यो अनि अरू हाँस्थे र यो क्रम चलिरहन्थ्यो।” सुगा केही आगन्तुकले त्यसलाई रमाइलो माने पनि सप्ताहान्तमा बालबालिकाले पार्कको भ्रमण गर्ने भएकाले त्यहाँबाट ती चराहरू हटाउने निर्णय गरेको उनले बताए।
“भित्र उनीहरूले फरक शब्दहरू सिक्लान् भन्ने अपेक्षा गरेका छौँ।” “तर यदि उनीहरूले अन्य चरालाई पनि खराब शब्द सिकाए भने त्यस्ता चराको सङ्ख्या २५० पुग्छ। अनि हामी के गर्छौँ भन्ने मलाई थाहा छैन ।” गीत गाउने सुगा इन्टरनेटमा चर्चित भएको थियो।
काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...