
नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र युवा नेता तथा प्रतिनिधिसभाका सांसद गगनकुमार थापा, आमन्त्रित केन्द्रीय सदस्यहरु शुम्भुलाल श्रेष्ठ र अनिता चौधरीसहित करिव ६० जनाभन्दा बढीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते दिनभर लगाएर पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी नेताका सवारी चालक र सुरक्षाकर्मी गरी एक सय ६७ जनाको कोरोना परिक्षणको लागि स्वाब लिएको थियो ।

पार्टीका दुई केन्द्रीय सदस्य, दुई आमन्त्रित केन्द्रीय सदस्यसहित अन्य सुरक्षाकर्मी र कर्मचारीमा समेत कोरोना भाइरस पोजेटिभ देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र पूर्वपदाधिकारीहरु समेत कन्ट्र्याक ट्रेसिंगमा परेका छन् ।
कांग्रेसले असोज १९ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने केन्द्रीय सदस्य र कर्मचारीको कोरोना परिक्षणका लागि असोज १५ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा स्वाब संकलन गरेको थियो ।
संकलन गरिएको स्वाबको रिपोर्ट शनिबार बेलुकी आएको थियो । कोरोनाको रिपोर्ट आउनुअघि नै नेता केसी र थापा पार्टीका सभापति देउवाले केन्द्रीय कार्यालयमा बोलाएको पदाधिकारीहरुको बैठक्मा सहभागी भएकाले अन्य नेता पनि कन्ट्र्याक ट्रेसिंगमा परेका छन् ।
सानेपामा बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सभापति देउवा, नेता पौडेल, उपसभापतिहरु विमलेन्द्र निधी, विजयकुमार गच्छदार, महामन्त्रीहरु डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव सहभागी थिए ।
केसी र थापा सहभागी सो अनौपचारिक बैठकमा प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु गोपालमान श्रेष्ठ, डा. रामशरण महत, बलबहादुर केसी, मिनेन्द्र रिजाल, एनपी साउद, चन्द्रकान्त भण्डारी सहभागी थिए ।
कांग्रेस पदाधिकारीको भोली आइतबार बिहान बोलाइएको अनौपचारिक बैठक स्थगित गरिएको छ भने सोमबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्ने वा नगर्ने भन्ने विषयमा सभापति देउवाले निर्णय गरिसकेका छैनन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...