डा. केसीको माग पुरा गरी ‘जीवन रक्षा गर्न’ चिकित्सकहरुको ७२ घण्टे अल्टिमेटम, माग पुरा नगरे दुष्परिणाम गम्भीर – देउवा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

डा. केसीको माग पुरा गरी ‘जीवन रक्षा गर्न’ चिकित्सकहरुको ७२ घण्टे अल्टिमेटम, माग पुरा नगरे दुष्परिणाम गम्भीर – देउवा

नयाँ विकल्प,
काठमाडौं । विगत तीन साताभन्दा बढी आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीका माग ७२ घण्टा भित्र पुरा गर्न नेपाल चिकित्सक संघले सरकारलाई चेतावनी दिएको छ ।

सरकारले केसीको सत्याग्रहलाई उपेक्षा गरेको भन्दै संघले वार्ता टोली गठन गरी केसीसँग सरकारले वितगमा गरेको सम्झौता कार्यान्वयन गर्न ७२ घण्टे अल्टिमेटम दिएको हो ।

‘डा. केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्य गरियोस् । अन्यथा संघ कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिन चाहन्छौं’, संघले विज्ञप्ति जारी गर्दै भनेको छ

चिकित्सा शिक्षा सुधारका माग राख्दै डाक्टर केसी भदौ २९ गतेदेखि आमरण अनशन बसे पनि सरकारले २१ औं दिनसम्म उनीसँग वार्ता समेत गरेको छैन ।

यसैगरी, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसीको अनशन २१ दिन पुरा भइसक्दा स्वास्थ्य स्थिति चिन्ताजनक भएको तर सरकारले वार्ता गरी उनको माग पुरा गर्न कुनै गम्भीरता नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार आफैले विज्ञप्ति निकालेर सभापति देउवाले चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नु पर्ने केसीको मागप्रति प्रतिपक्षी दलले समेत उठाएको माग भन्दै सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू सुनुवाइ गर्न सरकारसँग माग गरेका छन् ।

‘सरकारले शुरूवातमा डा. केसीप्रति दुव्र्यवहार गर्नु आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको छ’, देउवाले भनेका छन् ।

कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि गठन गरेको उच्चस्तरीय कार्यदलको सुझाव बमोजिम देउवा नेतृत्वको सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ०७४ कार्तिक २४ मा जारी गरेको थियो । तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्दा समस्या उब्जिएको देउवाको दाबी छ ।

‘वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको थियो’ देउवाले भने, ‘संवादमार्फत त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।’

अविलम्ब वार्ता गरी केसीको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै देउवाले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत प्रधानमन्त्रीलाई दिएका छन् ।
डा. केसीसँग सरकारले गरेकै सम्झोता कार्यान्वयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि सरकारसँग माग गरेका छन् ।
यस्तै नेपाली लेखक संघले चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै १९ अ‍ैं पटक आमरण अनसन बसेका केसीको माग पुरा गरी जीवन रक्षा गर्न माग गरेको छ ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १८, १९: ३३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १८, १९: ३३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १८, १९: ३३

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...