
नयाँ विकल्प,
काठमाडाैं-मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ३४० जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ। त्यस्तै थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ।
यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार बढीकाे पिसिआर परीक्षण भएको छ
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...