

नयाँ विकल्प,
काठमाडौं – आमरण अनसन बसेको २३ औं दिनमा डा. गोविन्द केसीसँग भेट गर्न बल्ल सरकारले प्रतिनिधिको रुपमा पहिलो पटक शिक्षा सचिव गोपिनाथ मैनालीसहित ३ जनाको टोलीलाई पठाएको छ ।
शिक्षा सचिव मैनाली सहितको टोलीले मंगलबार डाक्टर केसी आमरण अनसन बसेको स्थल शिक्षण अस्पताल पुगेर भेटेको हो । टोलीले भेटमा अनसन तोड्न डाक्टर केसीलाई आग्रह गरेका थिए ।
सरकारका तर्फबाट औपचारिक वार्ता टोली नबनेको समेत शिक्षा सचिव मैनालीले डाक्टर केसीलाई जानकारी दिएको केसीका सहयोगी प्रीतम सुवेदीले जानकारी दिए ।

आफ्ना मागहरूमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान डाक्टर केसीले राखेका थिए ।
केसीको स्वास्थ्य अवस्था विग्रदै गए पनि डाक्टर केसीको मागप्रति सरकार गम्भिर नभएको भन्दै शिक्षण अस्पतालमा नागरिक समाजका अगुवा र चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...