पीसीआर गरेका कांग्रेस नेता जगदिश नर्सिंह केसी रिपाेर्ट नेगेटिभ पनि पाेजेटिभ पनि – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पीसीआर गरेका कांग्रेस नेता जगदिश नर्सिंह केसी रिपाेर्ट नेगेटिभ पनि पाेजेटिभ पनि

नयाँ विकल्प

काठमाडाैं- नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कांग्रेस नेता जगदिश नर्सिंङ केसीकाे पिसिआर दुइ किसिमकाे पठाएकाे छ ।

केसीले राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा पुगेर ३ दिन अघि पीसीआर परिक्षण गरका थिए । मंगलबार विहान उनकाे स्वास्थ्य रिपाेर्ट नेगेटिभ आएकाे थियाे ।

तर केसीलाइ प्रयाेगशालाले साँझ अर्काे रिपाेर्ट पठायाे । पछिल्लाे पटक पठाएकाे रिपाेर्टमा केसीमा काेराेना संक्रमण लागेकाे पाेजेटिभ रिपाेर्ट पठाएकाे छ । केसी आफुलाइ दुइवटा रिपाेर्टले थप अन्याेल र तनाबमा पारेकाे बताए ।

एकमहिना अघि नागार्जुन नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीकाे पीसीअार परिक्षमा पनि यस्तै दुइखाले रिपाेर्ट पठाएकाे थियाे । प्रयाेगशालाकाे बारम्बारकाे यस्ताे गल्तिले सरकारी निकायकाे विश्वशनीयतामा पटक पटक प्रश्न उठने गरेकाे छ । काेराेना संक्रमित केसी नेपाली कांग्रेसका नेता तथा नुवाकाेट कांग्रेस जिल्ला सभापती हुन

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २१, १४: ५३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २१, १४: ५३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २१, १४: ५३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...