कक्षा १२ को परीक्षा दसैंपछि सञ्चालन गर्ने तयारी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कक्षा १२ को परीक्षा दसैंपछि सञ्चालन गर्ने तयारी


नयाँ विकल्प
काठमाडाै-काेराेना संक्रमणका कारण देशमा लक डाउन सुरू भएपछि राेकिएकाे १२ कक्षाकाे परिक्षा सञ्चालन गर्नेबारे तयारी भइरहेकाे छ ।गत वैशाखमा हुने कक्षा १२ को परीक्षा कोरोना भाइरस महामारीले स्थगित भएको थियो।

कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ। मन्त्रालयकाअनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेकाे छ।

‘दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। देशमा काेराेना संक्रमणका कारण आवतजावतमा समस्यमा भएकाले विद्यार्थीलाइ परिक्षा केन्द्रसम्म कसरी पुर्याउने र भिडभाडबिहिन वातावरणमा कसरी परिक्षा सञ्चालन गर्ने भन्ने बार ठाेस निर्णय हुन भने बाँकी छ ।

बुधाबार नेपाल विद्यार्थी संघले सञ्चालन गरेकाे भर्चुअल कक्षामा बाेल्दै मन्त्रालयका प्रवक्ता दिपक शर्माले परिक्षा सञ्चालनबारे गृहकार्य अन्तिम चरणमा पुगेकाे बताएका थिए । शर्माले संक्रमणबाट बच्न तथा भिडभाड कम गर्न विद्यार्थीलाइ उनीहरूले पढेको स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको जानकारी गराएका थिए ।

शर्माले भने , ‘आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ।’ परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डअनुसार गरिने र सामाजिक दूरी कायम राखिने पनि उनले बताए।

यस्तै कक्षा ११ को सन्दर्भमा भने विद्यार्थीलाई अनुकूल हुने समयमा परीक्षा गर्न विद्यालयले सक्ने उनले बताए। कक्षा १२ पढ्न कक्षा ११ पास हुनु नपर्ने भएकोले कक्षा १२ को परीक्षा फारम भर्नु अघिसम्म कक्षा ११ का विद्यार्थीको परीक्षा विद्यालयले लिन सक्ने उनको भनाइ छ।

सरकारले विद्यालय, विश्वविद्यालयलगायतमा रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिइसकेको उनको भनाइ छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २२, १०: ३६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २२, १०: ३६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २२, १०: ३६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...