
नयाँ विकल्प,
काठमाडाैं- सत्याग्रहमा रहेका डाक्टर गाेविन्द केसीकाे बार्ता टाेलि र सरकार पक्ष विच सिंहदरबारमा बार्ता सुरू भएकाे छ ।
सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ।डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार पौने ११ बजेदेखि सुरू भएको वार्ता अहिले पनि सिंहदरबारमा जारी छ।
सरकारले अनसन स्थगत गर्न डाक्टर केसीलाई आग्रह गरे पनि उनले माग पूरा नभई अनसन नतोड्ने अडान लिएका छन्।विभिन्न ६ बुँदे माग राखेर प्रा डा केसी गत २५ दिनदेखि अनसन बसेका छन्।जुम्लाबाट अनसन सुरू गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन्। उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको छ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...