
एजेन्सी
नयाँ दिल्ली – भारतीय केन्द्रीय अनुसन्धान ब्यूरो (सीवीआइ –सेन्ट्रल इन्भेष्टिगेसन व्युरो)का पूर्वप्रमुख अश्वनीकुमारले बुधबार आत्महत्या गरेका छन् ।
भारतको शिमलास्थित आफनै घरमा उनको शव फेला परेको सिमलाका एसपी मोहित चावलाको हवाला दिँदै समाचार संस्थाहरुले जनाएका छन् ।
प्रहरीले घटनास्थलबाट अश्वनीकुमारको सुसाइड नोट समेत फेला पारेको छ । केही वर्षदेखि डिप्रेसनबाट पीडित भएका अश्वनीकुमारले अपांगताका कारण यस जीवनलाई आफूले समाप्त पारिरहेको र नयाँ जीवनतर्फ बढिरहेको जनाएका छन् ।
भारतीय समाचार एजेन्सीका अनुसार ६९ वर्षका अश्वनीकुमार दिउँसो मन्दिर गएका थिए भने साँझमा ध्यान गरेका थिए । बुधबार साँझ उनका छोराबुहारीले बाहिरबाट घर आउँदा बन्द कोठाभित्र डोरीमा झुण्डिएको अवस्थामा पीता अश्वनीकुमारलाई फेला पारेका थिए ।
सन २००६ र २००८ सम्म सिबीआईका निर्देशक हुँदा अश्वनीकुमारले नयाँ दिल्लीको नोयडाको चर्चित आरुसी तलवार हत्याकाण्डको सफलतापूर्वक छानबिन गरेर चर्चा कमाएका थिए । उनले सो हत्याकाण्ड छानबिनको प्रमुखबाट सिविआईका सहनिर्देशक अरुणकुमारलाई हटाएका थिए ।
सन २०१३ देखि २०१४ दुई वर्षसम्म नागाल्याण्डको र त्यसपछि मणिपुरको गभर्नरमा सरकारले अश्वनीकुमारलाई नियुक्त गरेको थियो । त्यसपछि उनी एपिजी गोयल शिमला विश्वविद्यालयको कूलपति भएर २०१८ सम्म योगदान दिएका थिए ।
उनी हिमाञ्चल प्रदेश, सिबीआई तथा प्रधानमन्त्रीलाई सुरक्षा दिने सरकारी एजेन्सी एसपिएस अधिकृतको महत्वपूर्ण पदमा थिए ।अश्वनीकुमार हिँडेर काली माताको मन्दिर गएका थिए र साँझ ध्यान गरेका थिए । जुन साँझ उनका छोरा र बुहारी पनि हिँड्नकै लागि बाहिर गएका थिए ।
जब उनीहरू घर फर्किए तब ढोका भित्रबाट बन्द गरिएको थियो। ढोका फोरेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । परिवारले पनि अश्वनीकुमारको मृत्युमा कसैको षडयन्त्र शंका गरेका छैनन् ।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...