

नयाँ विकल्प,
काठमाण्डौ – संसारका धेरै मानिसहरुको स्वर्गीय आनन्दको लक्ष्य रहने संयुक्त राज्य अमेरिकाले बर्षेने लाखौं मानिसलाई अन्य देशबाट आफ्नो मुलुक भित्र्याउने गर्छ ।
कोरोना भाईरस संक्रमणको कारण सबैभन्दा धेरै नागरिक गुमाउने अमेरिकालाई आगामी सन् २०२२ को लाई डाइभर्सिटी भिसा डिभीका चिठ्ठाको लागि बुधबारदेखि आवेदन खुल्ला गरेको छ ।
बुधबार राति १० बजेदेखि डिभी चिठ्ठाको आवेदन फारम खुल्ला गरेको हो । नेपालमा रहेको संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासले डिभी भर्न आवेदन बुधबार रातिदेखि २०७७ कार्तिक २५ गते अर्थात नोभेम्बर १० सम्म दिन सकिने जनाएको छ ।
सन् २०२० को १० महिनामै आफ्नो देशका दुई लाख १५ हजार नागरिकले कोभिड १९ का कारण मृत्यु भएपछि पनि विदेशबाट अमेरिका आउन चाहनेको लागि चिठ्ठा खोलेको हो । अमेरिकामा कोरानाबाट मात्रै ७५ लाख नागरिक संक्रमित भएका थिए ।
डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न नेपालस्थित अमेरिकी दूतवासले आव्हान गरेको छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ ।
फाराम भर्नका लागि आधिकारिक वेबसाइट www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्ने छ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...