

नयाँ विकल्प,
काठमाडौं – परराष्ट्र मन्त्रालयको सचिवमा सोही मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौड्याल बढुवा भएका छन् । परराष्ट्र सेवतर्फका बरिष्ठ सहसचिव पौड्याललाई सचिवमा बढुवा गरी परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ ।
परराष्ट्र सचिव शंकरदार बैरागीलाई सरकारले गत असोज १५ गते बढुवा गरी निजामति सेवाको सर्वोच्च पद मुख्य सचिवमा बढुवा भएपछि परराष्ट्रमा सचिव पद रिक्त थियो । परराष्ट्र मन्त्रालयमा पौड्यालको सचिवमा बढुवा भएपछि अब कालिप्रसाद पोखरेल मात्र सहसचिव छन् ।
मन्त्रिपरिषदको विहीबारको बैठकले पौड्याललाई सचिवमा वढुवा गरेपछि शुक्रबार उनले मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
सचिव बैरागीलाई मुख्यसचिव बनाउने निर्णयपछि परराष्ट्रका निमित्त सचिवको भूमिकामा पौड्याल थिए ।
पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघिसम्म परराष्ट्र प्रवक्ता थिए । परराष्ट्रमा अब एक सहसचिवको दरवन्दी रिक्त भएको छ । त्यसका लागि एक दर्जनबढी उपसचिवको दौड शुरु भइसकेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...