
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सुनिलबहादुर थापालाई केही दिनदेखि कोरोना सक्रमण भएपछि आज असोज २५ गते दिउँसो काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
थापाको ह्याम्स अस्पतालमाको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको कांग्रेस नेता किरण गिरीले जनाएका छन् । उनको स्वाथ्यलाभको कामना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टेलीफोनबाट स्वास्थ्य अबस्थाको जानकारी लिएका थिए ।
नेता थापाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको ह्यम्स अस्पतालल जनाएको छ । नेता थापाको शीघ्र स्वस्थता र तन्दुरुस्तीको लागि नेताहरु किरण गिरी, बिष्णुबिक्रम थापा, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई र बृजलाल यादवले कामना गरेका छन् ।
नेता थापासहित राप्रपाका दुई दर्जन बढी केन्द्रीय सदस्यहरु दुई महिनाअघि कांग्रेस प्रवेश गरेका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...