उपत्यकामा २ हजार १२९ र देशभर ३५ सय ५६ थपिए कोरोना संक्रमित, थप १८ काे मृत्यु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

उपत्यकामा २ हजार १२९ र देशभर ३५ सय ५६ थपिए कोरोना संक्रमित, थप १८ काे मृत्यु

PC: People’s Health Movement- Google


नयाँ विकल्प

काठमाडौं – नेपालमा कोरोना भाइरसका संक्रमित मंगलबार एकै दिन तीन हजार पाँच सय ५६ जना थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा एक हजार पाँच सय तीन जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कूल डिस्चार्ज हुनेको संख्या ७८ हजार सात सय ८० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र दुई हजार एक सय २९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा मात्रै एक हजार सात सय ४६, ललितपुर जिल्लामा दुई सय १६ र भक्तपुरमा एक सय ६७ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या पनि १८ पुगेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या छ सय ६३ पुगेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २७, १६: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २७, १६: ५२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २७, १६: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...