नवराज सिलवाल विरुद्ध आफै मुद्ध दर्ता गर्दै महान्यायाधिवक्त ! – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

नवराज सिलवाल विरुद्ध आफै मुद्ध दर्ता गर्दै महान्यायाधिवक्त !

काठमाडौ

पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवाल विरुद्ध सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले दर्ता गर्ने भएका छन् ।

सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गर्ने तयारी रहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए ।

दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए । एक(दुई दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवाल विरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी छन् । तर महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएरमात्र भण्डारीले मुद्दा दर्ता गर्न मिल्छ ।

यसअघि तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको मुद्दामा कर्मचारीलाई दिएको अधिकार आफूले लिएको नजिर छ । सो प्रकरण सर्वोच्च अदालतमा समेत पुगेको थियो ।

आइजीपी नियुक्ति प्रकरणमा पेश भएका अलग(अलग कार्य सम्पादन मूल्यांकनमध्ये कुन चाहिँ किर्ते हो र यसमा को कसको संलग्नता छ अनुसन्धान गरी कारवाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

सोहीअनुसार प्रहरी परिसर काठमाडौंले अनुसन्धान अन्तिम चरणमा र्पुयाएकै बेला परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । धानुकको सरुवालगत्तै अनुसन्धानका फाइल प्रहरी प्रधान कार्यालय तानेर सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्न लागिएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ फाल्गुन २, ०७: १२

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ फाल्गुन २, ०७: १२

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७४ फाल्गुन २, ०७: १२

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...