हालसम्मकै धेरै काठमाडौंमा ३ हजार १ सय ७ कोरोनाका संक्रमित थपिए, देशभर थपिए ५ हजार ७ सय ४३ जना – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

हालसम्मकै धेरै काठमाडौंमा ३ हजार १ सय ७ कोरोनाका संक्रमित थपिए, देशभर थपिए ५ हजार ७ सय ४३ जना


नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोरोना संक्रमण पछिल्लो सातादेखि ह्वातै बढेसँगै बुधबार मात्र थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या एक लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित तीन हजार एक सय सात जना थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ हजार ३ सय ९१ जना, ललितपुर जिल्लामा ५ सय ४३ जना र भक्तपुर जिल्लामा १ सय ७३ जना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यो एकै दिन मृत्यु हुनेको सख्या हालसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ५, १६: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक ५, १६: ५८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ५, १६: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...