भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय


नयाँ विकल्प
काठमाडाैं-दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले घुस लिएको तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो ।

फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।यो फैसलाले पूर्वराष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभए उनले जेलमा नै मृत्यु पर्खनुको विकल्प छैन । उनलाई जेलमा फिर्ता लान प्रहरी सियोलस्थित उनको घरमा पुगेको थियो ।

अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वन अनियमितता र नौ अर्ब ४० करोड वनबराबर घुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो ।लीमाथि यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्नता रहेको आरोप लागेको छ । स्मरण रहोस्– लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुस स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको र उनले जेल सजाय भोगिरहेका छन् ।

पूर्वराष्ट्रपति तथा उदारवादी नेता रो मु ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उनले आत्महत्या गरेका थिए । रो वर्तमान राष्ट्रपति मुन जाय इनको राजनीतिक सल्लाहाकारका रूपमा काम गर्थे । योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण देखाउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए ।

उनको अनुरोधलाई प्रहरीले आगामी सोमबार हिरासतमा लिने गरी मानेको छ । अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरूप दक्षिण कोरियाका चारैजना पूर्वराष्ट्रपति या त जेलमा छन् वा जेल सजाय पाएका छन् ।लीलाई पहिलोपटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो ।

उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ वर्ष सजाय तोकेको थियो । उनले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि उनलाई जमानतमा रिहा गरिएको थियो ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
  • २०७७ कार्तिक १३, १७: २७

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले...

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
  • २०७७ कार्तिक १३, १७: २७

काठमाडौं : बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।...

आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
  • २०७७ कार्तिक १३, १७: २७

काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...