
नयाँ विकल्प,
काठमाडौं – मुलुकमा दिन प्रतिदिन कोरानो भाइरसको संक्रमण दिन दुई गुणा रात चौगुणा बढीरहेको बेला अग्रपंङ्तिमा रहेर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई नेपाल तरुण दलले सुरक्षा सामग्री वितरण गरेको छ ।
जनताको स्वास्थ्य उपचारमा अरोरात्र खटिएको स्वास्थ्यकर्मीको जीवन रक्षाको लागि भन्दै नेपाल तरुण दलले शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ति स्वास्थ्य सामग्री वितरण गरेको हो ।

तरुण दल अध्यक्ष जीतजंग बस्नेतका अनुसार दलले (कोभिड–१९) कोरोना भाईरस उपचारमा सहयोगको लागि शुक्रबार अस्पताल गएर ९४ हजार थान मास्क, ३० थान पिपिई सेट र ५२ थान फेस शिल्ड अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
ति स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाण्डौँ जिल्ला क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले सहयोग स्वरुप उपलब्ध गराई दिएको तरुण दल अध्यक्ष बस्नेतले बताए ।

नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा ति सामग्री शुक्रबार एक समारोहबीच तरुण दल अध्यक्ष बस्नेतले शिक्षण अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...