नयाँ विकल्प,
काठमाडौं – मुलुकमा दिन प्रतिदिन कोरानो भाइरसको संक्रमण दिन दुई गुणा रात चौगुणा बढीरहेको बेला अग्रपंङ्तिमा रहेर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई नेपाल तरुण दलले सुरक्षा सामग्री वितरण गरेको छ ।
जनताको स्वास्थ्य उपचारमा अरोरात्र खटिएको स्वास्थ्यकर्मीको जीवन रक्षाको लागि भन्दै नेपाल तरुण दलले शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ति स्वास्थ्य सामग्री वितरण गरेको हो ।
तरुण दल अध्यक्ष जीतजंग बस्नेतका अनुसार दलले (कोभिड–१९) कोरोना भाईरस उपचारमा सहयोगको लागि शुक्रबार अस्पताल गएर ९४ हजार थान मास्क, ३० थान पिपिई सेट र ५२ थान फेस शिल्ड अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
ति स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाण्डौँ जिल्ला क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले सहयोग स्वरुप उपलब्ध गराई दिएको तरुण दल अध्यक्ष बस्नेतले बताए ।
नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा ति सामग्री शुक्रबार एक समारोहबीच तरुण दल अध्यक्ष बस्नेतले शिक्षण अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...