कोरोना लागेपछि पूर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखियो, दिल्ली लैजान कांग्रेसको माग – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कोरोना लागेपछि पूर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखियो, दिल्ली लैजान कांग्रेसको माग


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभाका सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्माको स्वास्थ्य झन जटिल भएपछि भेण्टिलेटरमा राखिएको छ ।

कोरोना संक्रमणसँगै फोक्सोमा निमोनिया देखिएपछि ग्राण्डी अस्पतालको आइसीयूमा उपचार गराई रहेका विश्वकर्मालाई हिँजो शनिबार अपरान्हदेखि नै भेण्टिलेटरमा राखेर उपचार शुरु भएको उनका नातेदार विवस पौडेलले जनाए ।

कात्तिक ११ गतेदेखि ग्राण्डि अस्पतालमा उपचार गराइ रहेका विश्वकर्माको शरिरमा अक्सिजनको मात्रा ९५ बाट घटेर ८० पुगेको भन्दै उनलाई एयर एम्वुलेन्समार्फत नयाँ दिल्ली लैजान कांग्रेस नेता गोपालमान श्रेष्ठले स्वास्थ्य मन्त्रीलाई आग्रह गरेका छन् ।

पार्टी संगठन विभाग प्रमुखसमेत रहेका नेता श्रेष्ठले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आइतबार टेलीफोन सम्पर्क गरी विश्वकर्माको स्वास्थ्यस्थिति जटिल बनेकाले थप उपचारको लागि नयाँ दिल्ली लैजाने व्यवस्था गर्न मागर गरेको बताए ।

यसअघि शनिबार मात्र कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालाई फोन गरी सांसद तथा पूर्वमन्त्री विश्वकर्माको उपचारमा ध्यान दिन आगैह गरेका थिए ।

पूर्ववाणिज्यमन्त्री विश्वकर्मा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि आफनै निवासमा आइसोलेसन (एकान्तवास) मा बसेका थिए । उनको स्वास्थ्य खराव हुँदै गएपछि संसद सचिवालयका चिकित्सकको सल्लाहमा निवासमै कात्तिक ८ गते अक्सिजन लिएर बसेका थिए ।

कात्तिक ९ गते बीर अस्पतालको भीआईपी क्याविनमा भर्ना भएका विश्वकर्माले भोलीपल्ट साँझ सवा ५ बजे फेसवुक स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएकाले फोन उठाउन नसकेको जानकारी गराएका थिए । बीर अस्पतालमा राख्दै समेत उनको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अस्पताल लगिएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १६, १४: १२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक १६, १४: १२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १६, १४: १२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...