कोरोना सङ्क्रमणको दर नेपालमा अझै दुई महिना तीव्र हुनसक्ने – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

कोरोना सङ्क्रमणको दर नेपालमा अझै दुई महिना तीव्र हुनसक्ने

बिरामीको विवरण टिप्दै

नयाँ विकल्प

काठमाडाैं-केही सातायता परीक्षण गरिएकामध्ये झन्डै एकचौथाइ मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि एक अधिकारीले त्यसलाई “अत्यन्तै डरलाग्दो सङ्केत” भन्दै आगामी एक-दुई महिनासम्म सङ्क्रमणको गति नथामिने चिन्ता व्यक्त गरेका छन्।

महामारी रोग नियन्त्रणसम्बन्धी निकायका प्रमुखले चाडबाडमा भएका आवतजावत र आउँदो जाडो मौसमका कारण मानिसहरूले सजगता नअपनाए भाइरस अब झनै फैलिन सक्ने जनस्वास्थ्यविद् तथा चिकित्सकहरूको अनुमान छ।

कहालीलाग्दो तथ्याङ्क

विगत केही साताको तथ्याङ्क केलाउने हो भने जतिजति परीक्षणको परिमाण बढाइएको छ उतिउति नै सङ्क्रमितको सङ्ख्या पनि बढेको देखिन्छ।

केही समययता परीक्षण गराउनेमध्ये झन्डै २५ प्रतिशत मानिसमा सङ्क्रमण पाइएको छ।

यो तथ्याङ्क अत्यन्त डरलाग्दो भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताएका छन्।

“यो एकदमै डरलाग्दो अवस्था हो। अझै परीक्षण र सम्पर्क पहिचानका काम बढाउनुपर्छ। हाम्रो उद्देश्य यो सङ्क्रमण दर २ प्रतिशतभन्दा तल झार्नु हो,” उनले भने

जाडोको चिन्ता

दशैँतिहार अनि छठजस्ता चाडवाडमा यसपालि विगतका वर्षमा जस्तो धेरै आवतजावत नहुने ठानिएको थियो। तर अत्यधिक सङ्ख्यामा सक्रिय सङ्क्रमित भएको काठमाडाैं उपत्यकाबाट मानिसहरू बाहिर गएकाले भाइरस अन्यत्र फैलिने चिन्ता बढेको विज्ञहरू बताउँछन्।

डा. पाण्डेका अनुसार दशैँका बेला भएका गतिविधिहरूले सङ्क्रमणको विस्तार आगामी एक-दुई महिनासम्म हुनसक्छ।

केही सातादेखि देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा छन्।

काठमाण्डू

“अब काठमाडाैंबाट भाइरस बाहिर फैलिने चिन्ता बढेको छ। त्यसमाथि जाडो याम पनि आउँदैछ। अहिलेको सङ्क्रमण दरलाई हेर्दा कम्तीमा एक-दुई महिना त बढ्ने नै जस्तो देखिन्छ,” उनले भने।

सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले अब कोरोनाभाइरसको सङ्क्रमण जटिल चरणमा प्रवेश गरेकाले सबै जना सतर्क हुनुपर्ने बताए।

“अहिले अन्य कारणका रुघाखोकी लाग्ने पनि बढेको छ। तर परीक्षण नगरी बस्नु हुँदैन। घरभित्रै पनि सावधानीका साथ बस्नुपर्छ,” उनले भने।

“यस्तो बेलामा नागरिकहरू आफैँले धेरै गर्न सक्दैनन्। कतिपय सङ्क्रमित भएपनि घरमा अलग्गिएर बस्न नसक्ने अवस्था हुनसक्छ। त्यस्तो स्थितिमा केन्द्र वा स्थानीय सरकारले क्वारन्टीन तथा आइसोलेशनको व्यवस्थापन गरिदिए उचित हुनेथियो,” उनले भने।

नेपालमा सबभन्दा पहिले कोरोनाभाइरस सङ्क्रमण गत माघमा देखिएको थियो। त्यसको छ महिनासम्म सङ्क्रमण निकै सुस्त गतिमा फैलियो।

सुरुसुरुमा झन्डै ९९ प्रतिशत सङ्क्रमितमा लक्षण पनि देखिएन।

तर अहिले भने विशेषतः काठमाडाैं उपत्यकामा सङ्क्रमितमध्ये २० देखि २५ प्रतिशत सम्ममा लक्षण देखिएको उनले बताए।

यसले गर्दा आगामी दिनमा गम्भीर लक्षण देखिएर सघन उपचारको खाँचो पर्नेहरूको सङ्ख्या थप बढ्न सक्ने बताइएको छ। बिबिसीबाट

सम्बन्धित समाचार

सुदूरपश्चिममा कांग्रेसको निर्वाचन समीक्षा तथा महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित
सुदूरपश्चिममा कांग्रेसको निर्वाचन समीक्षा तथा महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित
  • २०७७ कार्तिक १७, १४: ३१

काठमाडौं : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसँग सम्बन्धित कार्यक्रम हाललाई स्थगित गरेको छ ।...

अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद
अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद
  • २०७७ कार्तिक १७, १४: ३१

काठमाडौं : सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ । अनधिकृत पत्र लेखेर...

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०७७ कार्तिक १७, १४: ३१

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...