
नयाँ विकल्प,
काठमाडौं – कांग्रेसका नेता रामचन्द्र पौडेलले देशव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट पार्टीकै केही प्रदेश र जिल्लास्तरीय नेता संक्रमित भएकोमा स्वास्थ्य लाभको कामना गरे । तर, भेन्टिलेटरमा उपचाररत केन्द्रीय सदस्य मीन विश्वकर्मालाई भने विर्सिए ।
कांग्रेस केन्द्रीय सदस्य, पूर्ववाणिज्य मन्त्री, प्रतिनिधिसभा सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा विगत ६ दिनदेखि ग्राण्डी अस्पतालमा भेण्टिलेटरमा राखेर उपचाररत छन् ।
कांग्रेसका धेरै नेताले उनको उपचारमा ख्याल गर्न सरकारको समेत ध्यानाकर्षण गराए ।
तर, नेता पौडेलले सोमबार सामाजिक सञ्जाल फेसवुकमार्फत कोरोना संक्रमित भएका केन्द्रीय सदस्य श्याम घिमिरे, सुनसरी जिल्ला सभापति तथा प्रदेश १ संसदीय दलका नेता राजिव कोइराला लगायतलाई स्वास्थ्य लाभको कामना गर्दा विश्वकर्मालाई भने विर्सिए ।
पौडेलले पार्टीको सुनसरी सुनसरी जिल्ला सचिव केदार भन्डारी, मोरङका नेता गोपाल राजभण्डारी , उर्लावारी नगरपालिकाका मेयर खड्ग फागो , प्रदेश सांसद लोकप्रसाद संग्रौला र नेवि संघका पूर्व महामन्त्री मनोज मणि आचार्यको स्वास्थ अवस्था बुझ्दा सुधार भएको जनाउँदै सबैको शीघ्र स्वास्थलाभको कामना रेका थिए ।
पौडेलले आफ्नै गृह जिल्ला तनहुको पूर्व जिल्ला कार्यसमितिका सभापति रघुनाथ पौडेल कोरोना लागेर स्वास्थ्य स्थिति जटिल बनेपछि काठमाडौं ल्याएर उपचार गरिएको थियो । तर नेता पौडेलले उनलाई चार दिनपछि मात्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
नेता पौडेलको सचिवालयले सूचना अद्यावधिक गर्ने र सही सूचना समयमा नदिँदा यस्तो भएको हुन सक्ने नेता पौडेल निकट एक नेताले बताए । तर, कतिपयले आफ्नो समूह र गुटसँग मेल नखाने नेतालाई पौडेलले खासै वास्ता नगर्ने पौडेलविरोधी नेताहरुको दाबी छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...