राष्ट्रपतिमा भण्डारी दोहोरिने प्रवल संभावना, खनाल रिङ आउट – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

राष्ट्रपतिमा भण्डारी दोहोरिने प्रवल संभावना, खनाल रिङ आउट

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २९ गते तोकेको छ । आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा २ बमोजिम राष्ट्रपतिको निर्वाचन फागुन २९ गर्ने निर्णय गरेको हो । संसद्मा बहुमत रहेको वाम गठबन्धनको ठूलो दल नेकपा एमालेलाई राष्ट्रपति पद दिने सहमति भएको बताइएको छ ।

तर उक्त दलले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै दोर्होयाउने वा अरू कसैलाई उम्मेदवार बनाउने भन्नेबारे औपचारिक निर्णय भने लिइसकेको छैन ।

यसबेला एमालेमा नयाँ हुने राष्ट्रपतिको खोजी शुरु भएको छ । राष्ट्रपतिको लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनाल, माधव नेपाल र पूर्व सभामुख सुवास नेम्वाङको नाम चर्चामा छ ।

यसमध्ये भण्डारी र खनालको नाम बढी चर्चामा छ । राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल लम्ब्याउन अप्रत्यक्ष रुपमा राजनीतिक भेटघाट शुरु गरिसकेकी छन् । उनले यसअघि नै माओवादी अध्यक्ष प्रचण्डका परिवारसँग लन्च र डिनर मिटीङ गरेर राष्ट्रपतिमा इच्छा देखाएको चर्चा चलेको थियो । पछिल्लो समय राजनीतिक भेटघाटमा निकै व्यस्त रहेकी भण्डारीले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीसँग पनि भेटवार्ता गरी राष्ट्रपतिमा आकांक्ष देखाईसकेको बताइएको छ ।

तत्कालिन शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका तीन जनालाई मनोनित गर्न आनकानी गरेकी भण्डारीले ओली सरकारले गरेको सिफारिसमा तत्काल मनोनित गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अर्थात उनले राष्ट्रपति बनाईदिन बामगठबन्धनलाई उपहार दिएको चर्चा हुन थालेको छ । यता झलनाथ खनालले पनि राष्ट्रपति बन्न ठुलो कसरत गरिरहेको बुझिएको छ । राष्ट्रपतिका आकांक्षी खनालले पार्टीले जिम्मेवारी दिए तयार छु भनेर पटक पटक भनिरहेका छन् ।

उनले पुरानोलाई दोहो¥याउन नहुने र नयाँलाई अवसर दिनुपर्ने आवाज उठाई रहेका छन् । तर उनको आवाज सुन्न पार्टी अध्यक्ष ओली तयार छैनन् । पछिल्लो समय ओलीसँगै प्रचण्ड, नेपाल लगायतका नेता पनि भण्डारीलाई निरन्तरता दिनुपर्नेमा देखिएका छन् । भण्डारीको कार्यकाल बीचमै सकिने भएपछि थप ५ वर्षको कार्यकाल लम्ब्याउन नेताहरु सकारात्मक देखिएका बताएका छन् ।

एउटा व्यक्ति २ पटक सम्म राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्था भए बमोजिम भण्डारीले राष्ट्रपति पदमा रहँदा खासै विवादमा नमुछिएको र ५ वर्ष कार्यकाल पुरा नभएकोले भण्डारीलाई नै राष्ट्रपतिमा कायम राख्नु पर्ने नेताहरुको तर्क छ । तर यस निर्णय प्रति केही नेता भने सन्तुष्ट छैनन् । खनाल पक्षका नेताहरुले भने पार्टी एकीकरण हुने क्रममा रहेको र नेता व्यवस्थापनको समस्या मुख्यरुपमा रहेकोले खनाललाई राष्ट्रपति बनाउँदा समस्या समाधान हुने उनीहरुको तर्क छ ।

भागबण्डाको आधारमा पद हत्याउने प्रवृत्ति नेपाली राजनीतिमा कुनै नौलो कुरा हैन । विभिन्न दबाब र प्रभावमा परेर उम्मेदवार चयन, राजनीतिक नियुक्तिले नेपाली राजनीतिलाई नराम्रारी गाँजेको छ । यसअघिको राष्ट्रपति चयन गर्दा ओलीको ठाडो निर्णयमा भण्डारीलाई बनाएको भन्ने चर्चाले राम्रै स्थान पाएको थियो । यो पटकको राष्ट्रपति चयन गर्दा पनि पार्टी अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान राष्ट्रपति भण्डारीप्रति नै सकारात्मक देखिएकाले पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै पुनः राष्ट्रपति दोहोरिने बलियो सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: २८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: २८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: २८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...