
लण्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उहाँ सम्पर्कमा रहेकाले उहाँ सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो ।
राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।
प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् । उहाँ सेल्फ आइसोलेसनमा भएपनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने उहाँले आइसोलेसनबाटै गर्ने जनाइएको छ ।
“प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, उहाँलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन, उहाँलाई कोरोनाको संकेत पनि देखिएको छैन,” उहाँका प्रवक्ताले भने । प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए ।
उनलाई गत अप्रिलमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनलाई एनएचएसले परिक्षण र हेरचाह गर्ने, जाेनसाेनकाे स्वास्थ्य अवस्थाका बारेमा निरन्तर निगरानी गर्ने सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार प्रधानमन्त्री जोनसोन झण्डै दश दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने र यही नोभेम्बर २६ पछि मात्रै उहाँ बाहिर निस्कन सक्ने सम्भावना रहेको छ ।
अहिले सङ्क्रमित भएका सांसदसँग प्रधानमन्त्री जोनसोनले झण्डै ३५ मिनेट बैठक गरेका थिए। सो बैठकमा अन्य केही सांसदहरू पनि सहभागी भएका थिए । अरु सासदहरुले पनि आफुहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएर आइसोलेसनमा बसेको जानकारी दिंदै आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आह्वान गरेका छन् ।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं| सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...