भूउपग्रह सञ्चालन गर्न दूरसञ्चार प्राधिकरणले नयाँ प्रस्ताव माग्याे – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

भूउपग्रह सञ्चालन गर्न दूरसञ्चार प्राधिकरणले नयाँ प्रस्ताव माग्याे

नयाँ विकल्प

काठमाडाैं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियाका लागि आशयपत्र माग गरेको छ ।

गत मङ्सिर २२ गते पुरानो प्रस्ताव रद्द गरेको प्राधिकरणले यसको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणले बुधबार सूचना जारी गर्दै अन्तरराष्ट्रिय दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको कक्षमा भूउपग्रह स्थापनाको तयारी गर्दै अन्तरराष्ट्रिय परामर्शदाताबाट आशयपत्र मागेको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार आशयपत्रमा ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा परामर्शदाता छनोट गरिनेछ । परामर्शदाताले भूउपग्रह नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, भूउपग्रह स्थापनाको बोलपत्र आह्वान गर्दा स्पेसिफिकेसन तयार पार्नुपर्ने, भूउपग्रहको व्यावसायिक सम्भाव्यताको खोजी गर्नुपर्ने र स्थापना भएपछिको नियमनको परामर्श सेवा दिनुपर्ने उनले जानकारी दिए ।

सन् २०२२ भित्र आफ्नै भूउपग्रह सञ्चालनमा ल्याउने जनाउँदै गत असारमा भूउपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघिको आशयपत्रमा नेपालको आफ्नै भूउपग्रह राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले भूउपग्रह राख्न रुचि देखाएका थिए ।

चीन, भारत, थाइल्याण्ड, सिङ्गापुर, जापान, दक्षिण कोरिया, साउदी अरब, इजरायल, क्यानडा, फ्रान्स, रुस र अमेरिका गरी २२ कम्पनीले नेपालका लागि भूउपग्रह राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी भूउपग्रहबाट सञ्चालन हुँदै आएकामा आफ्नै जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।

सम्बन्धित समाचार

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ पुष ३, १४: २५

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ पुष ३, १४: २५

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ पुष ३, १४: २५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...