नयाँ प्रकार कोरोना भाइरस पुनः विश्वभर फैलन थाल्याे – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

नयाँ प्रकार कोरोना भाइरस पुनः विश्वभर फैलन थाल्याे


नयाँ विकल्प,


एजेन्सी- जापानमा पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ। जापानमा पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ।

अझ बढ्ता सङ्क्रामक पाइएको कोभिड-१९ को नयाँ प्रकार यूकेबाहेक अन्य कैयौँ युरोपेली देश एवम् क्यानडा र जापानमा समेत पुष्टि गरिएको छ।स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध यूकेबाट फर्केका मानिसहरूसँग पाइएको छ।
भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।

कहाँ देखियो सङ्क्रमण ?

अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए।जापानमा सबैभन्दा पहिले यूकेबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो।

त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ।जापानले सोमवारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदैछ।

फ्रान्समा १९ डिसेम्बरमा यूकेबाट फर्किएका एक व्यक्तिमा उक्त प्रकार देखा परेपछि उसले यूकेसँग सीमा बन्द गरेको थियो।तर परीक्षण गरेर आउजाउ गर्न सकिने भन्दै गत बुधवारबाट युरोपेली सङ्घका नागरिकहरूका लागि त्यो निर्णय हटाएको थियो। प्रतिबन्धका कारण हजारौँ लरी ड्राइभरहरूले क्रिसमसको दिन यूकेको केन्टमा दिन बिताएका थिए।

यसअघि डेनमार्क, जर्मनी, इटली, द नेदरल्याण्ड्स र अस्ट्रेलियामा समेत उक्त नयाँ प्रकार पुष्टि भएको थियो। यसैबीच कैयौँ युरोपेली देशहरूले आफ्ना नागरिकहरूलाई भाइरसविरुद्ध खोप दिन सुरु गरेका छन्। त्यस्तो काम आइतवारबाट पूरै युरोपेली सङ्घमा समन्वयात्मक ढङ्गले सुरु गर्नु अगावै गरिएको हो।

जर्मन अधिकारीहरूले आफूहरू थप एक दिन पर्खन सक्ने अवस्थामा नभएको भन्दै जेष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेको हो। हजारौँ ब्रिटिश पर्यटक छुट्टिमा स्किइङ् गर्न स्विजरल्याण्ड पुगेका छन् । हङ्गेरीको सरकारी समाचार संस्थाले त्यहाँ पहिलो खोप पाउने व्यक्ति एकजना चिकित्सक भएको जनाएको छ।

स्लोभाकियाले समेत खोप दिने काम सुरु गरेको जनाएको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले खोप वितरण गर्ने कार्यप्रति खुसी मनाउँदै त्यसलाई आफूहरूको ‘एकताको मार्मिक क्षण’ बताएकी छन्।

वैज्ञानिकहरूले यूकेको अनुसन्धान प्रणाली बलियो रहेको कारण भाइरसको नयाँ प्रकार सबैभन्दा पहिला उक्त देशमा देखिएको हुनसक्ने बताउँछन्। विज्ञहरू भन्छन्- उक्त नयाँ प्रकार यसअघिको भन्दा धेरै सङ्क्रामक भए तापनि त्यो सङ्क्रमितका लागि थप खतरनाक नै हुन्छ भन्ने चाहीँ छैन।

नयाँ प्रकारप्रति किन धेरै चासो ?


नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो। केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ। स्पेनमा कम्तिमा सातजनामा भाइरसको नयाँ प्रकार देखिएको बताइएको छ।

नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण अघि सारिएका छन्: यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ । प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ।

यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको बीबीसीका स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स ग्यालहरले बताएका छन्। तर यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन। साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन्। बिबिसीबाट

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७७ पुष १२, १०: ५१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७७ पुष १२, १०: ५१

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७७ पुष १२, १०: ५१

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...