
हेटाैडा- दुईभन्दा बढी बालबालिका जन्माउने परिपाटीको अन्त्यका लागि मकवानपुरको उत्तरी क्षेत्र कैलाश गाउँपालिकामा एकदिने अस्थायी परिवार नियोजन शिविर आयोजना गरिएको छ । सो शिविरको एक दिनमा ४४ महिलाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए ।
अस्थायी परिवार नियोजनका लागि महिलाको पाखुरामा राखिने नरप्लान्ट लगाएर गाउँपालिकाको गोगले स्वास्थ्यचौकीमा सेवा दिएको र आवश्यक चेतनामूलक जानकारीसमेत दिइएको बताइएको छ । सन्तानको रहर पुगेका महिलाले गाउँमा आएको शिविरमा पुगेर अस्थायी परिवार नियोजन सेवा लिएको अध्यक्ष मोक्तानले बताए ।
साथै शिविरमा पुरुष बन्ध्याकरण सेवासमेत प्रदान गरिएको बताइएको छ । यसैबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विभिन्न पाँच वडामा छुट्टाछुट्टै पाँचदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जाँच गराउन र स्वास्थ्य सेवा दिनका लागि सो शिविर आयोजना गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा भएको उक्त शिविरमा ३८० ज्येष्ठ नागरिकले स्वास्थ्यसेवा लिएको र अर्थावस्था कमजोर भएकालाई न्यानो कपडाको रूपमा ८८० फाइवरको सिरक वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आवमा त्यहाँका ६० देखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुल्क बेहोर्ने गरी गाउँसभाबाट पारित गरिसकेको जानकारी दिइएको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...