बम बिस्फोटमा २६ को मृत्यु – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

बम बिस्फोटमा २६ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरीका अनुसार संदिग्ध एक आक्रमणकारीले नयाँ वर्षको उत्सव मनाउन भेला भएका सयौँ मानिसहरूको भिडलाई निशाना बनाएर बम बिस्फोट गरेका थिए ।

घटनामा मारिने मध्ये अधिकांश अल्पसंख्यक सिया समुदायका मानिसहरू थिए भने हताहत भएका व्यक्तिको संख्या बढ्न सक्ने बताइएको छ । पश्चिम काबुलस्थित एउटा धार्मिक स्थलतिर प्रवेश गर्न लागेको आत्मघाती आक्रमणकारीलाई प्रहरीले चिनेपछि उक्त बम बिस्फोट गराइएको प्रहरीको भनाई छ ।

अहिलेसम्म कसैले आक्रमणको जिम्मेवारी लिएको छैन भने पछिल्लो समयमा अफगानिस्तानमा सियाहरूमाथि आक्रमण हुने क्रम बढ्दो छ । आक्रमणको जिम्म्ेवारी कसैले नलिएपनि अधिकांश त्यस्ता घटनाहरुको जिम्मेवारी इस्लामिक स्टेटले लिँदै आएको छ ।

सम्बन्धित समाचार

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
  • २०७४ चैत्र १२, ०९: ४५

काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब...

अमेरिका–इरान तनाव चुलिँदै, राडार केन्द्रमा आक्रमण र क्षेप्यास्त्र अवरोधको दाबी
अमेरिका–इरान तनाव चुलिँदै, राडार केन्द्रमा आक्रमण र क्षेप्यास्त्र अवरोधको दाबी
  • २०७४ चैत्र १२, ०९: ४५

काठमाडौँ । अमेरिका र इरानबीचको तनाव झनै बढ्दै गएको छ। अमेरिकी सेनाले इरानका तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको...

इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने
  • २०७४ चैत्र १२, ०९: ४५

काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएका इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको निधन भएको तीन...