अफगानिस्तानको राजधानी काबुलमा गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरीका अनुसार संदिग्ध एक आक्रमणकारीले नयाँ वर्षको उत्सव मनाउन भेला भएका सयौँ मानिसहरूको भिडलाई निशाना बनाएर बम बिस्फोट गरेका थिए ।
घटनामा मारिने मध्ये अधिकांश अल्पसंख्यक सिया समुदायका मानिसहरू थिए भने हताहत भएका व्यक्तिको संख्या बढ्न सक्ने बताइएको छ । पश्चिम काबुलस्थित एउटा धार्मिक स्थलतिर प्रवेश गर्न लागेको आत्मघाती आक्रमणकारीलाई प्रहरीले चिनेपछि उक्त बम बिस्फोट गराइएको प्रहरीको भनाई छ ।
अहिलेसम्म कसैले आक्रमणको जिम्मेवारी लिएको छैन भने पछिल्लो समयमा अफगानिस्तानमा सियाहरूमाथि आक्रमण हुने क्रम बढ्दो छ । आक्रमणको जिम्म्ेवारी कसैले नलिएपनि अधिकांश त्यस्ता घटनाहरुको जिम्मेवारी इस्लामिक स्टेटले लिँदै आएको छ ।
एजेन्सी : थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना...
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...