स्वास्थ्य स्वयंसेविकाले कामअनुसारको सुविधा पाएनन् – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

स्वास्थ्य स्वयंसेविकाले कामअनुसारको सुविधा पाएनन्

नयाँ विकल्प

पाल्पा -काम गरेअनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७७÷०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उनीहरुको गुनासो छ ।

कामअनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन । “यातायात खर्च तथा सञ्चार खर्चसमेत आफैँ गर्नुपर्ने बाध्यता छ, महिना–महिनामा प्रतिवेदन बुझाउनुपर्छ, महिनामा एक हजार सुविधा मात्र पाइन्छ”, उनले भनिन् ।

दैनिक एक दुई घण्टा पैदल हिँडेर सेवा प्रदान गर्दै आए पनि सेवासुविधाको अभाव रहेको उनको भनाइ छ । ग्रामीण बस्तीमा दिनभरी हिँडेर काम गरे पनि पुरस्कार पाउने बेला स्वास्थ्यकर्मीले मात्रै पाउने गरेको स्वयंसेविकाको गुनासो छ । महिनाभरी काम गरे पनि यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा स्वयंसेविकालाई आर्थिक समस्या भएको उनीहरूकाे गुनासाे छ ।

सुविधाका नाममा पोशाक खर्च रु १० हजार, मासिक एक हजार सुविधा भए पनि चालू आर्थिक वर्षको पुस महिनासम्मको कुनै पनि सुविधा नपाएकोे स्वयंसेविकाको गुनासो छ । स्वयंसेविकाले प्रत्येक महिना आमा समूहको बैठक सहजीकरण गर्ने, गाउँघर क्लिनिक, खोप क्लिनिक, हजार दिनका आमा आइरन चक्की, बालबालिकालाई बालभिटा, जीवनजललगायतका सुविधा प्रदान गर्दै आएको अर्की स्वयंसेविका मीना थापाले बताइन् ।

महिला गर्भवती भएको चार महिनापछि स्वास्थ्य चौकीमा परीक्षणका लागि जान स्वयंसेविकाले परामर्श दिन्छन् । हजार दिनका आमाका लागि पोषणयुक्त आहारा कसरी खाने, कसरी शिशुलाई आहारा खुवाउने भन्ने विषयमा समेत परामर्श प्रदान गर्र्दै आएको उनी बताउँछिन् । स्वयंसेविका थापाका अनुसार पालिकामा दुई वर्षदेखि आधारतभूत तालीमको समेत व्यवस्था हुन सकेको छैन । स्वयंसेविकाले मासिक तलबको व्यवस्था गरी काम गर्ने हौसला प्रदान माग गरेका छन् ।

गाउँपालिकाभित्र ७२ स्वास्थ्य स्वयंसेविका छन् । रिब्दीकोट गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिल अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारको सहयोगमा यातायात खर्चबापत वार्षिक रु छ हजार र गाउँपालिकाको छ हजार गरी वार्षिक १२ हजार प्रदान गरिने गरेको बताए ।

नेपाल सरकारद्वारा सञ्चालित भिटामिन तथा पोलियो खुवाउने कार्यक्रममा दैनिक रु ४०० यातायात भत्ता उपलब्ध हुँदै आएको उनले जानकारी दिए। स्वास्थ्य बीमा कार्यक्रममा पनि ५० प्रतिशत रकममा गाउँपालिकाले सहयोग गर्दै आएको बताइएको छ ।

रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्वास्थ्य स्वंयसेविका प्रदेश सरकारले वार्षिक रु तीन हजार र गाउँपालिकाबाट रु नौ हजार प्रदान गर्ने बताए

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७७ माघ ५, १३: ०४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७७ माघ ५, १३: ०४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७७ माघ ५, १३: ०४

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...